पचासौ अर्ब राज्यको ढुकुटी झन्डै दसक लगाएर रित्यायौ

इनेप्लिज २०७२ असोज २८ गते २२:०१ मा प्रकाशित

avi

कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री रहने शासन प्रणाली बनाउने भन्दै पचासौ अर्ब राज्यको ढुकुटी झन्डै दसक लगाएर रित्यायौ र अन्त्यमा संसदभित्रै मिलिजुली भाग लगाएर खाने व्यवस्था संबिधानमा दर्ज गरियो ्र अनि तिनै जनता जो लोड सेडिग को चरम मारमा टुकी बत्तीमा जीवन गुजारिरहेका लाई मैन बत्ती किन्न लगाएर जबरजस्ती दिपावली गर्न लगाइयो । हुनत अरु कतिपय मुद्दाहरु नयाँ संबिधानमा समेटिएका होलान तर नेपाली जनताले यो तन्त्र र त्यो तन्त्र, राष्ट्रपतीय , प्रधानमन्त्रीय शासन खोजेका हैनन् । बरु जीवन गुजारा को निमित्त आवश्यक आधारभूत सामग्रीहरु, शान्ति, काम गरेर खाने वाताबरण चाहेका हुन् भन्ने कुरा पेट्रोल पम्पमा १२ घण्टा लिने बस्दा रित्तै फर्कनु परेको, दशैँ जस्तो महान पर्वमा आफ्नै देश भित्र रहदा नि घर जना नपाउने, अध्यनको लागि महिनौको फी तिर्दा पनि स्कूल जान नपाउने, कुर्सिको आन्दोलनको निहुँमा निहत्था परिवार गुमाउनु परेका हरुको दयनिय अवस्थाबाट छर्लंग हुन्छ ्र
महिनौ नकाबंधी हुँदा कानमा तेल हालेर बस्ने सरकार , त्यसको विकल्प खोज्न नसक्ने नेताहरु कसरि जनताको सामु हामी नेता हौ , देशको निकाश दिन्छौ, भन्न सक्छन रु लाज पचेका जिउँदा पिचासहरु ।
एउटा सामान्य मान्छेले त आफ्नो घर कसरि चलाउने भनि जान्दछन् , तर यी राष्ट्रका नेता भनौदाहरु एउटा व्यापारीले समान नदिदा अर्कोबाट ल्याउने आँट राख्दैनन् , हुत्तिहाराहरु्र अरु के आश गर्नु नेपाली जनताले यिनीहरुसंग रुरु
तात्पर्य के हो भने देश विकासमा तुरुन्त एक्शन लिन सक्ने नयाँ शक्तिको तुरुन्त आबस्यक छ नेपालमा चाहे त्यो युवाबाट होसः वा बाटो गल्लि , आरन , घट्ट, खेत, गलैचा उद्योगमा आफ्नो पाखुरीले असिन पसिन हुँदै आफ्नो र आफ्नो परिवारको सुनौलो भविस्यको सपना देख्ने बाट होस् सबैलाई चेतना भया

प्रतिक्रिया