चेपाङ्ग संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

इनेप्लिज २०७२ असोज २८ गते ११:२२ मा प्रकाशित

DSCI0976

रत्ननगर, २८ असोज ।
चितवनको रत्ननगरमा रहेको गामवेशीको चेपाङ्ग संरक्षण केन्द्रलाई एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ । प्रगति नेपालका अध्यक्ष फ्रान्सेली नागरिक निकोलसले आज केन्द्रमा पुगेर सो सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले ५० हजार रुपैयाँ बराबरको २० बोरा चामल, गेडागुडी, चार कार्टुन तेल र स्टेशनरी सामाग्री सहयोग गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका तर्फबाट कपिल अधिकारी र भिमलाल आचार्य पनि अध्यक्ष निकोलससँगै केन्द्रमा पुगेर चेपाङ बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

DSCI0977 केन्द्रमा हाल चितवन, धादिङ, मकवानपुर र गोरखाका असहाय, अनाथ र अति गरीब परिवारका १४० जना चेपाङ बालबालिकाहरु आश्रित छन् । अध्यक्ष निकोलसले केन्द्रलाई यसअघि पनि सहयोग पु¥याई सक्नुभएको हो र आगामी दिनमा पनि यथासक्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दैनिक आम्दानीको कुनै श्रोत नभएको केन्द्रमा यसैगरी विभिन्न सहृदयी महानुभावहरुबाट सहयोग संकलन गरी दैनिक गुजारा चलाईदै आएको केन्द्रका सचिव दिपेन्द्र बडुवालले जानकारी दिनुभयो ।

DSCI0978

प्रतिक्रिया