चोरी गर्ने पक्राउ

इनेप्लिज २०७२ असोज २० गते १४:०३ मा प्रकाशित

pakraauकाठमाडौँ, २० असोज । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले चोरीमा संलग्न रहेका दुई जनालाई आज पक्राउ गरेको छ ।

वीरगन्ज घर भई हाल ठमेलमा बस्दै आएका उज्ज्वल लामा र काठमाडौँ ज्ञानेश्वर घर भई कपन बस्ने सञ्जय खड्कीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

काठमाडौँको लैनचौरमा डेरा गरी बस्ने हेमराज बोहराको कोठाबाट उनीहरूले क्यामेरा, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटपलगायत सामान चोरी गरेका थिए । करिब पाँच लाख बराबरको सामान चोरेको आरोपमा उनीहरूलाई महानगरीय अपराध महासाशाले पक्राउ गरेको हो ।

आपराधिलाई आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया