एनआरएनए युक्रेनको अध्यक्ष पदमा हरि मल्ल निर्वाचित

इनेप्लिज २०७२ असोज ६ गते २२:२३ मा प्रकाशित

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युक्रेनको राष्ट्रिय महाधिवेशन सफलताका साथ युक्रेनको राजधानी किभ शहरमा आज सम्पन्न भएको छ। महाधिवेशनले एनआरएनए अध्यक्ष पदमा हरि मल्ललाई सर्वसम्मतबाट चयन गर्दै सर्वसम्मत रुपमा ९ सदस्यीय नयाँ कार्य समिति २०१५-२०१७ गठन ग-यो। कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (ICC member) भने पछी तोक्ने निर्णय गरेको छ ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युक्रेनको राष्ट्रिय महाधिवेशन रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेलको पहलमा सम्पन्न भएको थियो। महाधिवेशनका लागि अनुकुलता मिलाएर हामीले रोमानियाका अध्यक्ष पोखरेललाई अधिकार प्रत्याजोजन गरेका थियौ भन्नु हुँदै सफलताका लागि यूरोपका संयोजक अर्जुन श्रेष्ठ र सह संयोजक सोम सापकोटाले हार्दिक शुभकामना पठाउनु भएको थियो र नव गठित समितिलाई हार्दिक बधाई दिनु भएको छ।

कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य नतोकेसम्म रंजित साहलाई गैर आवासिय नेपाली संघको केन्द्रीय समितिसंगका सम्पर्ग व्यक्ति रहनु भएको कुरा उल्लेख गरेको छ।

२०१५-२०१७ को निर्वाचित कार्यसमितिमा ,अध्यक्ष – हरि मल्ल ,उपाध्यक्ष – रघुनाथ साह ,उपाध्यक्ष – दीपेन्द्र पौडेल महासचिव – रबिन्द्र साह ,सचीव – रबिन बस्नेत ,कोषाध्यक्ष – रन्जीत कुमार साह ,महिला संयोजक सपना जोशी तथा युबा संयोजक – कमलेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् l

यसैगरी सदस्यमा बिन्देश्वर साह भएका छन् भने संस्थापक अध्यक्ष कृष्ण कायस्थ हुन् l यसै गरि सल्लाहकारहरू:बीरेन्द्र सिंह ,बिमल ढकाल,जयन्त नेपाल तथा राजुबादे श्रेष्ठ रहेका छन् l

प्रतिक्रिया