महेन्द्रनगर (धनुषा), ३ असोज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरमा आज बिहान एकजनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
तरकारी खरिद गर्न साइकलमा आएका एक व्यक्तिको महेन्द्रनगरको सडक किनारको नालामा लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा महोत्तरी बेलगाछी– ५ हाल जनकपुर उपमहाननगरपालिका– ५ स्थित थापा चौकमा चिया पसल गरी बस्ने अन्दाजी ४५ वर्षीय कौशलकुमार कर्ण रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक हरिहर ढकालले बिहान ७ बजेतिर साइकलमा जनकपुरदेखि आएका मृतकको सडक छेउको नालाभित्र लडेपछि टाउकोमा चोट लागेर मृत्यु भएको हुन सक्ने बताउनुभयो ।
प्रतिक्रिया