२० करोड वर्ष पुरानो उड्ने जनावर फेला: डाइनोसोरभन्दा अघि आकाशमा उड्थ्यो

इनेप्लिज २०८२ असार २४ गते ११:०० मा प्रकाशित

वैज्ञानिकहरूले २०० मिलियन वर्ष (२० करोड वर्ष)पुरानो एक उड्ने जनावर(टेरोसोर) को नयाँ प्रजाति फेला पारेका छन्। यो जनावर डाइनोसोर आउनु अघि नै आकाशमा उड्थ्यो।

यो जीवको बंगाराको हड्डी सन् २०११ मा अमेरिकाको एरिजोना भन्ने ठाउँमा भेटिएको थियो। तर, अहिलेको नयाँ प्रविधिबाट जाँच गर्दा थाहा भयो कि यो त पहिलोपटक देखिएको नयाँ जीव रहेछ।

वैज्ञानिकहरूले यसको नाम “इटेफ्राडाकटाईलस सिनटिरी” राखेका छन्, जसको अर्थ हुन्छ – “खरानी पखेटा भएको बिहानको देवी”। किनभने यसको हड्डी प्राचीन नदीमा ज्वालामुखीको खरानीले ढाकिएर सुरक्षित भएको थियो।

यो जीव २०९ मिलियन वर्ष पुरानो चट्टान*मा फेला परेको हो। यो अहिलेसम्म उत्तर अमेरिकामा पाइएको सबैभन्दा पुरानो उड्ने जनावर हो।

वैज्ञानिकहरूले यसको दाँतमा धेरै घिसिएको (खराव भएको) देखे। जसको अर्थात् कडा बोक्रा भएका माछा खान्थ्यो।

यो जीव “पेट्रीफाइड फोरेस्ट नेशनल पार्क” भन्ने ठाउँमा भेटिएको हो, जहाँ पुराना भ्यागुता, गोही, कछुवा जस्ता जनावरहरू पनि फेला परेका छन्।

वैज्ञानिक डा. क्लिगम्यान भन्छन्, “हामीले २० करोड वर्षअघिको जीवको संसारको झलक देख्यौं। यो खोजले हामीलाई पुरानो जीवन बुझ्न धेरै सहयोग गर्छ।”

प्रतिक्रिया