ट्रम्पको कडा चेतावनी: ब्रिक्स पक्षधर देशहरूलाई १०% थप कर लाग्ने

इनेप्लिज २०८२ असार २३ गते ११:०६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स गठबन्धनको पक्षमा उभिने देशहरूलाई १०% अतिरिक्त आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “जो कोही ब्रिक्सको अमेरिकाविरोधी नीतिमा साथ दिन्छ, उसमाथि १०% अतिरिक्त कर लाग्छ। कुनै अपवाद हुने छैन।”

बिबिसीका अनुसार ब्रिक्समा चीन, रुस, भारत, दक्षिण अफ्रिका लगायत अब इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र युएई पनि सदस्य छन्। यी देशहरूले विश्वको आधा जनसंख्या प्रतिनिधित्व गर्छन्।

अमेरिकाको कर सम्झौताका लागि पहिलो समयसीमा जुलाई ९ तोकिएको थियो, तर अब अमेरिकी अधिकारीहरूले भदौ १ (अगस्त १) देखि नयाँ कर लागू हुने बताएका छन्।

हालसम्म अमेरिका केवल बेलायत र भियतनामसँग मात्र व्यापार सम्झौतामा पुगेको छ। तर बेलायती स्टीलमाथिको करमा अझै सहमति हुन बाँकी छ।

ट्रम्पले जनवरीदेखि सत्तामा आएपछि विभिन्न देशहरूबाट आउने वस्तुहरूमा आयात कर घोषणा गर्दै अमेरिकी उद्योग र रोजगारी बचाउने उद्देश्य राखेका छन्।

अप्रिल २ मा “मुक्ति दिवस” भन्दै कर वृद्धि घोषणा गरेका उनले त्यसपछि वार्ताका लागि तीन महिने समय दिएका थिए।

अब अगस्त १ देखि ती देशहरूले अमेरिकासँग सम्झौता नगरेमा, तिनीहरूलाई पुनः उच्च कर लागू गरिने, ट्रम्प र वाणिज्य सचिवहरूले पुष्टि गरेका छन्।

प्रतिक्रिया