ट्रम्पको इलन मस्कमाथि हमला: “पाँच हप्तामा रेल दुर्घटनाजस्तो” बनेको टिप्पणी

इनेप्लिज २०८२ असार २२ गते २२:४९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क “पूर्ण रूपमा पागले जस्तो” भई पछिल्लो पाँच हप्तामा “रेल दुर्घटनाजस्तो” बनेको देखेर आफू दुखी भएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल भने, मस्क नयाँ तेस्रो राजनीतिक दल (पार्टी )सुरु गर्न चाहन्छन्, जबकि संयुक्त राज्य अमेरिकामा त्यस्ता दलहरू कहिल्यै सफल भएका छैनन्। “प्रणाली नै तिनीहरूको लागि बनेको छैन जस्तो लाग्छ,” ट्रम्पले भने।

तेस्रो दलहरूले गर्ने एउटै राम्रो काम भनेको “पूर्ण र कुल गडबडी र अराजकता” सिर्जना गर्नु हो, र हामीसँग पहिले नै त्यस्ता कुराहरू “कट्टरपन्थी वामपन्थी डेमोक्र्याटहरू” बाट पर्याप्त छन्, जसले आफ्नो विश्वास र दिमाग गुमाएका छन् , ट्रम्पले डेमोक्राट्सलाई समेत प्रहार गर्दै थपे।

उनले आफ्नो रिपब्लिकन दलको प्रसंसा गरे अगाडी भने ,रिपब्लिकनहरू एउटा सहज रूपमा चल्ने यन्त्र “मेसिन” हुन्, जसले भर्खरै हाम्रो देशको इतिहासकै सबैभन्दा ठूलो विधेयक पारित गरेको छ।

यो एउटा महान् विधेयक हो, तर इलनका लागि दुर्भाग्यवश, यसले हास्यास्पद बिधुतिय गाडी (इभी ) को अनिवार्य नियम (म्यान्डेट) लाई हटाएको छ, जसले सबैलाई छोटो समयमा बिधुतिय गाडी (इलेक्ट्रिक कार) किन्न बाध्य पार्ने थियो।

ट्रम्पले सुरुदेखि नै त्यसको कडा विरोध गर्दै आएको बताएका छन्। अब मानिसहरूले आफूलाई मनपर्ने जुनसुकै गाडी किन्न पाउँछन् । पेट्रोलबाट चल्ने, हाइब्रिड अर्थात् वर्णशंकर (जो राम्रो गरिरहेका छन्), वा नयाँ प्रविधिहरू आउने बित्तिकै – अब कुनै बिधुतिय गाडी अनिवार्य छैन।

ट्रम्पले स्पष्ट पारे, “मैले सुरु देखिनै बिधुतिय गाडीको नियमको विरोध गर्दै आएको हुँ। मस्कले मलाई समर्थन गर्दा म अचम्ममा परेँ – किनभने मैले सबै भाषणमा त्यो म हटाउने भनेर भनेको थिएँ।”

उनले थपे, “मस्कले नासाको प्रमुखमा आफ्ना निकट साथीलाई राख्न अनुरोध गरे, तर ती व्यक्ति डेमोक्र्याट रहेछन्। मलाई यस्तो लाग्यो कि यस्तो व्यक्ति, जसको व्यापार नै नासासँग जोडिएको छ, नासाको प्रमुख बन्नु उपयुक्त थिएन।”

ट्रम्पले अन्त्यमा मेरो पहिलो जिम्मेवारी अमेरिकी जनताको सुरक्षा हो भन्दै टिप्पणीलाई पूर्ण बिराम दिएका छन् ।

प्रतिक्रिया