अनिलभक्त खरेल
पुजनीय पिता चक्षु (मासिक, साप्ताहिक), दिव्यचक्षु (दैनिक, साप्ताहिक), चिरस्मरण साप्ताहिक, अतिरुद्रीकोटीहोम पाक्षिकका संस्थापक प्रधानसम्पादक तथा प्रकाशक ज्योतिष पण्डित पद्यभक्त खरेलोपाध्याय वि.सं. २०८२ साल असार ५ गते बिहीवार घर परिवार, छर छिमेक ईष्टमित्र सब्रलाई स्तब्ध पादैं सँधैको लागि चिरनिद्रामानै महाप्रस्थान गर्नुभयो ।
बुबाप्रति हार्दिक श्रध्दासुमन चढाउँदै यस दुःखद समयमा अमेरिकामा म र मेरो परिवार तथा नेपालमा दाई र दाईको परिवार तथा आमाप्रति प्रत्यक्ष रुपमा किरिया बसेको ठाउँमा भेटेर वा फोन, सामाजिक सञ्जालबाट सान्त्वाना दिनुहुने सबैप्रति नमन ।
वि.सं. २००२ साल फागुन ७ गते काभ्रेपलाञ्चोक जिल्लाको फलाँटे (हालको भुम्लु गाउँपाललिका ७) मा जन्मनुभएका उहाँ नेपालकै पहिलो स्वतन्त्र पत्रकार हुनुहुन्थ्यो । पत्रकारिता गरेकै कारण पञ्चायतकालमा उहाँले कैयौं पटक जेलनेल, हण्डर, ठक्कर व्यहोर्नु परेको थियो । डिबी लामा नेपाल प्रहरीका आईजीपी रहेको बेलामा मध्य दशैंमा पक्राउ गरेर अड्डा सारको नाममा सक्ने कोशिस समेत गरेका थिए तर काल नआएकै कारण होला नेपाल प्रहरीभित्रका केही शुभचिन्तकले गर्दा त्यस्तो हुन पाएन ।
उहँले पञ्चायतकालमा दर्जनौं मुद्दा मामिला झेल्नु परेको थियो तर २०४६ सालको राजनीतक परिवर्तन पश्चात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले मुक्ति पाएपनि उहाँको हकमा त्यो लागु भएन त्यो उहाँ बाम्बार भनिरहनुहुन्थ्यो । डिबी लामा, शरदचन्द्र शाह, सुशिला थापा लगायतकाहरुको मुद्दा उहाँले पछिसम्म लडिरहनु भएको थियो । झण्डै ६० वर्षको लामो पत्रकारिकामा सक्रिय रहनु भएको उहाँले कलमको निब कहिल्यै भाँच्नु दिनु भएन, कसैसंग सम्झौता गर्नु भएन । शरदचन्द्र शाह भित्रं बाहिर, गणेशमानलाई चिठ्ठी नामक स्तम्भ चलाउने उहाँ नेपालको होचिमिन्ह नामले प्रख्यात हुनुहुन्थ्यो ।
अनिल खरेल
उहाँ वि.सं. २०१८ सालमै काठमाडोंको राष्टिय जनसुधार स्कुल बागबजारको प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँ धार्मिक सामाजिक व्यक्तित्व हुनुहुन्थ्थ्यो । आफ्नो जन्म गाउँ फलाँटेमा उहाँले प्रहरी चौकी तथा आधारभुत स्कुलहरु स्थापनामा गर्नु भएको थियो । उहाँले काठमाण्डांको लाजिम्पाटमा ३ महिनासम्म अतिरुद्री कोटिहोम सहित १८ महापुराण तथा काभ्रेपालञ्चोक जिल्लाको भगवती मन्दिर परिसरमा पनि कोटिहोम लगाउनु भएको थिाये ।
आजभन्दा ३० वर्ष अघि ७० वर्षको आमासहित उहाँले नेपालको मानसरोवर कैलाशदेखि दामोदर कुण्ड तथा भारतका विभिन्न तीर्थाटन गर्नुभएको थियो । उहाँ कसैको कुभलो नचिताउने, आइनलाग्ने, कसैको अधिनमा बस्न नचाहने एक निर्भिक, निडर र हक्की स्वभावको हुनुहुन्थ्यो । मैले थाहा पाएसम्म म नेपालमा रहँदा पिसाबसम्बन्धी सस्याका कारण अप्रेशन गर्दा २ पटक र म अमेरिका आएपछि आजभन्दा ५ वर्ष अगाडि सुगर कम भएर अस्पताल बसेको बाहेक अस्पतालमा लामो सय बस्नु भएको थिएन र आफुले अन्तिम सास छोड्ने बेलामा समेत कसैले त्यस्तो दुःख पाएनन् । १३ दिनको काज किरियामा परिवारले पनि त्यस्तो कठिनाई भोग्नु परेन ।
मौसमले पनि साथ दिईरहेको थियो । हो परिवार गुमाउँदा निकै गाह्रो हुन्छ तर पनि यत्ति चाँही भन्छु नै मरण होस् त मेरो बुबाको जस्तो ।उहाँले हामीलाई सबल, सक्षम र आत्मनिर्भर बनाएर जानु भयो । सायद पत्रकारिताको निब भाँचेको भए हामी आत्मनिर्भर हँुदैनथ्यौं होला । एसएलसी दिएपछि १४ वर्षदेखि दाईलाई र १५ वर्षदेखि मलाई उहाँले पत्रकारिता सिकाउनु भयो । उहाँकै कारण नेपालको ईतिहासमा एकै परिवारका ३ जना स्वतन्त्र पत्रकार बुबा, दाई र म नै हौं यसमा मलाई गर्व छ ।
मेरो स्वतन्त्र पत्रकारको लाईसेन्स अमेरिका आएपछि नविकरण हुन छोड्यो । हामी अहिले आफनो ठाउँमा सबल र सक्षम छौं । उहाँका जेष्ठ सुपुत्र दाई डा. अश्वत्थामाभक्त खरेल उपप्राध्यापक हुनुहुन्छ । कनिष्ठा सुपुत्र म अनिलभक्त खरेल अमेरिकामा आफनो घरपरिवार चलाएर बसेको छु । जेठी बुहारी भाउजु नेपालमा मानवअधिकारको क्षेत्रीय प्रमुख हुनुहुन्छ । कान्छी बुहारी मेरी श्रीमती म संगै अमेरिकामा रहेर मलाई होस्टेमा हैंसे गरिरहेकी छिन् । नाति मेरा सुपुत्र कोहिनुर खरेल पनि मसंगै सहेर पढ्दै र आफुलाई पुग्ने कमाई गरिरहेको छ । नातिनी कोविना खरेल अमेरिकामा र अर्का नाति कोविद खरेल नेपालमा परिवारसंग रमाईरहेका छन् । सायद बुबालाई अलिकति चिन्ता थियो भने आमाको हुनुपर्छ । यदि हामीले आमालाई खुशी राख्न सक्यौं भने पितृप्रति न्याय हुन्छ । हामीलाई त्यो शक्ति, वरदान प्राप्त होस ।
समय परिस्थितिले विदेशमा बसेको कारण यस्तो अवस्थामा पनि म नेपाल जान सकिन । मेरो पासपोर्टको समय सकिन लागेको कारण बुबाको देहान्त हुनुभन्दा १५ दिन अघिनै म र मेरी श्रीमती दुवैले अर्को नयाँको लागि निवेदन दिएका थियौं । हामीलाई २ साताभित्र कतै जाने विचार छ कि छैन, छ भने चाँडो हुन्छ भनेर सोधिएको थियो । तर हामीले नियमित नै भए हुन्छ भन्यौ किनकी यस्तो अप्रिय अटना घट्ला भन्ने अलिकति पनि सोच आएन । सायद नजुराएकोले होला हातमा पासपोर्ट नभएर हामी जान सकेनौं । बल्ल जुलाई ५ तारिखका दिन पासपोर्ट हात पर्यो त्यो अहिले यतिखेर हामीलाई लगनपछिको पोते जस्तै भएको छ । नेपाल जान नपाएकोमा पछुतो छ । तर गाउँने गाउँलेहरुले यतिखेर गाउन र कुरा काट्न पाएका छन् काटुन् नै यसमा हाम्रो केही भन्नु छैन ।
शिरमा पानी हालेपछि पैतालामा पुग्छ नै । आदरणीय दाजु डा. अश्वत्थामाभक्त खरेल, जो बाउ पछिको बाऊ पनि मानिन्छ र हुनुहुन्छ उहाँले गरेपछि मैले नपाउँने भन्ने हुन सक्दैन । दाजुले नेपालमा सबै कर्मकाण्ड गर्नुभएको र मैले पनि यही बसेर १३ दिनसम्म नित्य चोखो निधो गरे नै । म मात्रै त्यस्तो एक्लो व्यक्ति होइन र हुँदैनन् पनि जो यस्तो अवस्थामा नेपाल नगएको । कुवामा रमाउनेहरुले वाध्यता र यथार्थ बुझेनन् र बुझ्दैनन् यसमा दुःख लाग्नु स्वाभाविक नै हो ।
अन्तमा बुबाको बैकुण्ठ बास होस् फेरि जन्मनु मर्नु नपरोस । हरयये नमः । अस्तु ।
प्रतिक्रिया