अमेरिकी जेटव्लु बिमान फ्लोरिडामा चिप्लियो , सबै यात्र्री सकुसल 

इनेप्लिज २०८२ असार २१ गते १८:४० मा प्रकाशित
Screenshot

गत शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको ओरल्यान्डो अन्तर्राष्ट्रिय विमानस्थलमा एक जेटव्लुविमान उड्नुअघि “विमान सञ्चालन मार्ग” अर्थात ट्याक्सीवेबाट चिप्लिएको छ।

जेटव्लुका अधिकारीहरूका अनुसार ओरल्यान्डोबाट म्यासाचुसेट्स राज्यको वोरकेस्टर जाने तयारीमा रहेको उडान ४८८ को अगाडिको पांग्रा ट्याक्सीवे अर्थात विमानस्थलमा विमानले अन्तिम भवन (टर्मिनल) देखि   रनवे( धावनमार्ग)ओहोरदोहोर गर्न प्रयोग गर्ने मार्गमा घाँसमा चिप्लिएको थियो।

विमानमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर बसमार्फत टर्मिनल(विमानस्थलको मुख्य भवन)मा फिर्ता ल्याइएको बताइएको छ। घटनामा कुनै चोटपटक नलागेको पुष्टि गरिएको छ।

हालसम्म घटनाको कारण खुलासा भएको छैन भने अधिकारीहरूले यसबारे विस्तृत अनुसन्धान गर्ने जनाएका छन्। 

प्रतिक्रिया