राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको मध्य क्षेत्रमा आएको विनाशकारी बाढीलाई “भयानक” भन्दै संघीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
गत शुक्रबार राति न्यू जर्सी जाँदै गरेका ट्रम्पले राष्ट्रपतिको बिशेष बिमान(एयर फोर्स वन)भित्र पत्रकारहरूसँग कुरा गर्दै भने, यो भयानक हो। यो बाढी यो स्तब्ध पार्ने खालको छ।
संघीय सहयोगबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हो, पक्कै हुनेछ। हामी उनीहरूको ख्याल राख्नेछौं। हामी गभर्नरसँग काम गरिरहेका छौं। यो साँच्चै दुःखद कुरा हो।”
टेक्ससको केर काउन्टीमा आएको भारी वर्षा र बाढीका कारण हालसम्म कम्तीमा २५ जनाको ज्यान गएको छ भने करिव दुई दर्जन वालिकाहरु अझै बेपत्ता भएका छन्।
राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रका पीडितप्रति सहानुभूति प्रकट गर्दै तत्काल राहत कार्य र सहयोग सुनिश्चित गर्ने बताएका छन्।
प्रतिक्रिया