टेक्ससको बाढी त्रासदी: २५ जनाको ज्यान गयो, दर्जनौँ बालबालिका बेपत्ता

इनेप्लिज २०८२ असार २१ गते ९:४५ मा प्रकाशित

नदीको भेलले क्याम्प बगायो, टेक्ससमा राष्ट्रिय सुरक्षा बल परिचालन

अमेरिकाको टेक्सस राज्यको ग्वाडालुपे नदीमा आएको भीषण बाढीले कम्तीमा २५ जनाको ज्यान गएको छ जसमा बालबालिका र वयस्क दुवै समावेश छन्। 

शुक्रबार बिहान परेको मुसलधारे वर्षाले नदीको पानी केवल ४५ मिनेटमै ३० फिटले उक्लिएको थियो ।

सबैभन्दा बढी मृत्यु केर काउन्टीमा २४ जना, केन्डल काउन्टीमामा १ जनाको मृत्यु पुष्टि गरिएको छ।

सबैभन्दा दुखद पक्ष भनेको नदी किनारमै रहेको मिस्टिक नामक निजी इसाई बालिका शिविर हो, जहाँ ७५० भन्दा बढी बालिकाहरू सहभागी थिए। शिविरबाट २३ देखि २५ जना अझै हराइरहेका छन्।

बचाउ कार्यका लागि टेक्सस सरकारले राष्ट्रिय सुरक्षा बलले उदग्रविमान(हेलिकप्टर) र सैन्य गाडी प्रयोग गरेको छ। 

हालसम्म २३७ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ, जसमा १६७ जनालाई  बचाइएको छ।

टेक्ससका गभर्नर ग्रेग आवोटले शुक्रवार रातिको पत्रकार सम्मेलनमा भने, “दिन होस् वा रात, जुनसुकै बेला, स्थानीय र राज्य अधिकारीहरू मिलेर उद्दारको काम गरिरहेका छन्।

यो घटना अमेरिका भरका परिवारहरूका लागि अत्यन्त पीडादायी बनेको छ। उद्धार कार्य जारी छ, तर नदीको बहाव अझै उच्च रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया