जिपी फाउन्डेशन अमेरीकाले गिरिजावावुलाई यसरी सम्झियो

इनेप्लिज २०८२ असार २० गते २२:५५ मा प्रकाशित

३ जुलाई २०२५, उडसाईड न्युयोर्क॥

नेपाली राजनितीका शिखरपुरुष,नेपाली कांग्रेसका शीर्ष नेता एवं पुर्व प्रधानमंत्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको पावन अवसरमा वहाँकै स्मृतीमा स्थापित जिपि कोईराला फाउन्डेशन अमेरीका च्यप्टरले आफ्नो कार्यालय उडसाईड क्विन्स् न्युयोर्कमा एक स्मृति सभा गरी वहाँप्रती श्रद्दासुमन अर्पण गर्दै वहाँको योगदानवारे चर्चा गरीयो।

कार्यक्रमको शुरुवात गर्दै फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले दीप प्रज्वलन गरी वहाँको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो भने उपस्थीत सबैले क्रमश माल्यार्पण गर्दै वहाँप्रती श्रद्धांजली अर्पण गर्नुभएको थियो।

सो अवसरमा वोल्दै नेपाली कांग्रेस गोर्खाका पुर्व उपसभापति बुद्धि श्रेष्ठले स्वर्गीय गिरीजाप्रसाद कोईराला एक निडर, त्यागी र निष्ठावान नेतृत्वकर्ता हुनुहुन्थ्यो र आफुले वहाँसँगको संगतमा सधैं राष्ट्र र जनताप्रती चिन्तीत नेताको रुपमा चित्रित गर्नुभयो।

यस्तै अर्का वक्ता स्थानीय समाजसेवी वीरेन्द्र मानन्धरले वहाँले पार्टी र सरकार संचालन गर्दा एक सधैं जनउत्तरदायी भएको कुरामा जोडदिंदै प्रवासमा जनसम्पर्कको अवस्था र भुमीकबारे प्रश्न उठाउनुभयो।दोलखा समाजका अध्यक्ष्य भोजराज ठोकरले देशलाई रक्तपातपुर्ण माओवादी द्वन्द्ववाट मुक्त र राजतन्त्रको शान्तीपुर्ण अन्त्य वहाँकै कारणलेमात्र सम्भव भएको कुरामा जोड दिनुभयो। यसैगरी माईन्युरीटी ईम्पावरमेन्ट अर्गनाईजेशनका अध्यक्ष श्याम कार्कीले वहाँ एक कुशल संगठक रहनुभएको र आफुले वहाँकोजस्तो नेतृत्वको अहिले अभाब भएको बताउनुभयो।

यसैगरी एनआरएन न्युयोर्ककी महिला उपाध्यक्ष लक्ष्मी थापाले गिरीजावावुजस्तो व्यक्तित्व र नेतृत्वको देशलाई खाँचो भएको कुरामा जोड़ दिनुभयो। यसैगरी महिला नेतृ कमला पन्तले आफुले पटकपटक गिरिजावावुसँगै ट्रेड युनीयन आन्दोलनमा सहभागी भएको र वहाँको मार्गदर्शनवाट प्रभावीत भएको बताउनुभयो। फाउन्डेशनका केन्द्रीय सदस्य सुर्य सिंखडाले वहाँजस्तो नेता न हिजो कोही थिए, न आज छ र न भोली नै आउनेछ भन्दै वहाँको अभाव नेपाली राजनितीमा खडकिईरहने कुरामा जोड दिनुभयो। फाउन्डेशनका प्रवक्ता एवं केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले सो कार्यक्रम संचालन गर्दै विसं २०४६ देखी २०६७ सम्म निरन्तर नेपालको राजनितीको शिखरमा रहनुभएका र पछिल्लो चरणमा देशलाई द्वन्दबाट शान्तीपुर्ण गणतान्त्रीक मुलुकमा रुपान्तरण गरी वहाँ जनजनको मनमनमा बस्नुभएको कुरामा जोडदिनुभयो।

कार्यक्रमको समापन गर्दै फाउन्डेशनका कार्यवाहक अध्यक्ष्य सुवर्ण लामाले गिरिजा वावुले भनेझैं सहमती,सहकार्य र एकताले नै देश र समाजको भलो हुने कुरामा जोडदिंदै फाउन्डेशन अमेरीका च्याप्टरले कठीन कोरोनाकालदेखी आजसम्म निरन्तर समाज सेवा गर्दै आईरहेको र भवीष्यमापनी गरीरहने कुरामा जोडदिँदै सत्कर्मले नै गिरिजावावुप्रती सच्चा श्रद्दान्जली हुने भन्दै उपस्थित सबैमा धन्यवाद दिनुभयो।

करीब २ घन्टा संचालीत सो कार्यक्रममा फाउन्डेशनका केन्द्रीय सदस्यहरु ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, पासंग गोपर्मा,फुडोमा लामा लगायत संयुक्त राष्ट्रसंघीय धार्मिक समितीका संयोजक दिलीपकुमार थांकापन,धर्मगुरु ब्रम्हनिष्ठानन्द,समाजसेवी अम्बीर जोशी,राजेन्द्र कुमार श्रेष्ठ,हरी मगर,वील तामांग,रोहीत पाण्डे, राम गिरी,गायीका सुमीत्रा लामा लगायत करीब ६० जना महानुभावहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको थियोभने सो कार्यक्रममा जलपान एवं खाजाको प्रायोजन फाउन्डेशनकी कोषाध्यक्ष्य रेखा श्रेष्ठद्वारा संचालीत टेष्ट अफ नेपाल र हरी मगरद्वारा संचालीत नेपाली मम क्याफेको सौजन्यमा भएको थियो।

प्रतिक्रिया