टेक्सस बाढीको कहर: कम्तीमा ६ जनाको मृत्यु, २० शिविरका बालिकाहरू बेपत्ता

इनेप्लिज २०८२ असार २० गते २१:१६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको टेक्सस हिल काउन्टीमा आएको भीषण बाढीका कारण कम्तीमा छ जनाको ज्यान गएको छ भने एउटा ग्रीष्मकालीन शिविरका २० जना बालिकाहरू बेपत्ता भएका छन्। 

एपीका अनुसार अधिकारीहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

शुक्रबार अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । केही घण्टाभित्रै महिनौंको वर्षा बराबर पानी परेका कारण नदी किनारका समुदाय र बालबालिकाका शिविरहरू पानीले डुबेका छन्। 

उद्धार टोलीहरूले डुङ्गा र उदग्रविमान(हेलिकप्टर)को  प्रयोग गरी तीव्र गतिमा बगिरहेको पानीबाट मानिसहरूको उद्धार गरिरहेका छन्।

मध्य केर काउन्टीमा रातभरी केही घण्टाभित्रै २५ सेन्टिमिटर (१० इन्च) सम्म भीषण वर्षा भयो। यसका कारण ग्वाडालुप नदीमा अचानक बाढी आयो ।

आफ्ना आफन्तहरू नजिकै भएका मानिसहरूले उनीहरूको अवस्थाबारे जानकारी पाउन आतुरताका साथ आग्रह गरिरहेका छन्।

उद्धार टोलीहरूले दर्जनौं मानिसहरूको उद्धार गरिसकेका छन्। तर, अझै पनि बेपत्ता मानिसहरूको कति संख्यामा हो त्यो थाहा नभएको र आपतकालीन उद्धार कार्य निरन्तर जारी रहेको एपिले जनाएको छ ।

प्रतिक्रिया