अमेरिकी संसद (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण विशाल सुन्दर विधेयकलाई २१९–२१३ मतले अगाडि बढाइएको छ। यो विधेयक पारित हुनका लागि एउटा ठूलो कदम हो।
यसअघि केही रिपब्लिकन सांसदहरुले विधेयकको पक्षमा मतदान नगर्ने अडान लिएका थिए, तर धेरैजसोले आफ्नो मन परिवर्तन गरी यसको समर्थन गरेपछि विधेयकलाई अगाडि बढाउने बाटो खुलेको हो।
पेन्सिलभेनियाका रिपब्लिकन सांसद ब्रायन फिट्ज्प्याट्रिक मात्र यस्ता रिपब्लिकन हुन् जसले सबै डेमोक्र्याटसँग मिलेर विधेयकको विपक्षमा मतदान गरे। अहिले सदनमा विधेयकबारे छलफल भइरहेको छ र छिट्टै नै अन्तिम मतदान हुनेछ।
सभामुख माइक जोनसनले ट्रम्पको यो विधेयक आज बिहान ८ देखि ८:३० बजेभित्रै पारित हुने अपेक्षा गरेका छन्। उनले रिपब्लिकन सांसदहरूलाई कसरी मनाउन सफल भए भन्ने प्रश्नमा उनले भने, “सबैको चिन्तालाई धैर्यपूर्वक सुनेर र सम्बोधन गरेर उनीहरूलाई मनाइयो।”
सभामुख जोनसनले ट्रम्पसँग धेरै पटक कुरा भएको बताए। उनले भने, “ट्रम्पले रातको १ बजेसम्म पनि सक्रिय भएर काम गरिरहनु भएको थियो। उहाँ धेरै सुत्नुहुन्न जस्तो लाग्छ।” जुलाई ४ को समयसीमाबारे प्रशं गर्दाउनले राती अबेरसम्म काम गर्नु परेकोमा निराश नभएको बताए।
“यो ठूलो र महत्वपूर्ण विधेयक भएकाले यसमा धेरै समय लाग्छ, धेरै प्रश्न उठ्छन् र धेरै छलफल हुन्छ। हामीले यो कुरालाई पहिले नै ध्यान दिएका थियौं, र हामी समयमै विधेयक पारित गर्नेछौं,” उनले थपे।
प्रतिक्रिया