प्रसिद्ध र्यापर गायक सिन “डिडी ” कोम्ब्सलाई यौन अपराधमा दोषी ठहर गरिए पछि भारतीय मूलका न्यायाधीश अरुण सुब्रमण्यनले उनको जमानत निवेदन खारेज गरिदिएका छन्। न्यायाधीशले डिडीलाई हिरासतबाट बाहिर राख्दा उनी अरूका लागि खतरा नहुने कुरा प्रमाणित गर्न नसकेको बताएका छन्।
न्यायाधीश सुब्रमण्यनले डिडीका व्यक्तिगत सम्बन्धमा देखिएको हिंसालाई यो निर्णयको महत्त्वपूर्ण कारण मानेका छन्। डिडीले आफ्ना ती हिंसक व्यवहारहरू स्वीकार पनि गरेका थिए। सरकारी वकिलहरूले र्यापरलाई चार देखि पाँच वर्षसम्मको कारागार सजाय हुनुपर्ने सुझाव दिएका छन्।
न्यायाधीशले डिडीले आफ्नी पूर्व प्रेमिका क्यासी भेन्टुरामाथि आक्रमणको श्रब्यदृश्य (भिडियो )प्रमाणलाई पनि उद्धृत गरे।
न्यायाधीशले यो हिंसाको एउटै घटना नभएको पनि बताए। लन्डनको अतिथिगृह (होटल)मा भएको अर्को कथित घटनालाई पनि उल्लेख गरिएको थियो। न्यायाधीश सुब्रमण्यनका अनुसार, यदि डिडीलाई रिहा गरियो भने अरूको सुरक्षाको प्रत्याभूति गर्न सकिँदैन।
न्यायाधीशले डिडीले आफू जोखिम नभएको प्रमाणित गर्न नसकेको बताए। न्यायाधीश सुब्रमण्यनले बचाउ पक्षले र्यापरलाई रिहा गर्नु राम्रो हुने कुरा देखाउन नसकेको उल्लेख गरे।
प्रतिक्रिया