राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका समर्थक जेम्स फिशब्याकले इलन मस्कको राजनीतिक योजनाको विरोध गर्न नयाँ सुपर प्याक अर्थात् राजनीतिक कोष सङ्कलन संगठन सुरु गर्ने घोषणा गरेका छन्।
उनले यस सुपर प्याकको नाम ‘एफएसडी प्याक’ राखेका छन्, जसको अर्थ हो— फुल सपोर्ट फर डोनाल्ड अर्थात् “डोनाल्ड ट्रम्पलाई पूर्ण समर्थन।”
फिशब्याकअमेरिकी सरकारको खर्च नियन्त्रण विभागमा सल्लाहकार थिए। अहिले उनी एक लगानी कम्पनी चलाउँछन् । उनले सुपर प्याकमा सुरूवाती रुपमा १० लाख डलर (१ करोड रुपैयाँभन्दा बढी)लगानी गर्ने बताएका छन्।
उनले सिएनएनलाई भने, “म ट्रम्पले जितिरहन सबै प्रकारको सहयोग जुटाउनेछु। यदि इलन मस्क वा अन्य कसैले ट्रम्पको योजना बिगार्न खोजे, हामी उनीहरू विरुद्ध खडा हुनेछौं।”
इलन मस्कले हालै एउटा नयाँ राजनीतिक दल सुरु गर्ने धम्की दिएका छन् । ट्रम्प समर्थक उम्मेदवार विरुद्ध प्रतिस्पर्धीहरूलाई सहयोग गर्ने संकेत गरेका छन्। मस्कको भनाइ अनुसार, ट्रम्पको नयाँ नीति सरकारी दक्षता बिभागको खर्च कटौतीको काममा बाधा पुर्याउँछ।
फिशब्याकका अनुसार यो सुपर प्याक मस्क संलग्न हुने केही महत्वपूर्ण निर्वाचन क्षेत्रमा मात्र केन्द्रित हुनेछ। “हामी सम्पूर्ण देशभर हैन, तर मस्क संलग्न हुने सीमित क्षेत्रमा मात्र काम गर्छौं,” उनले भने।
यो खबर पहिलो पटक पोलिटिकोमा प्रकाशित भएको थियो।
प्रतिक्रिया