अमेरिकामा सम्पन्न भयो आठौं नेपाली-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ‘स्नो लेपर्ड सिस्टर’ लगायत उत्कृष्ट चलचित्रहरु पुरस्कृत 

इनेप्लिज २०८२ असार १७ गते १९:३९ मा प्रकाशित

डिसी ,जुलाई १ – अमेरिकाको मेरील्याण्डको सिल्भर स्प्रिग शहरमा आठौं नेपाली-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।

गत जुन २६ देखि २९ सम्म लगातार चार दिन सम्म महोत्सव अपार सफलता साथ समापन गरियो ।

गत जुन ३० मा औपचारिक रूपमा समापन गरिएको चलचित्रले नेपाली र अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूबीच सांस्कृतिक सेतुको काम गरेको छ।

चार दिनसम्म चलेको यस प्रतिष्ठित चलचित्रमा १४ देशका ३० उत्कृष्ट लघु चलचित्रहरू प्रदर्शन गरिए। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार हरि वॅश आचार्य, विभिन्न निर्देशकहरू, कलाकारहरू, र विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति महोत्सवको आकर्षण बनेको थियो।

चलचित्र उदघाटन तथा समापन महोत्सवमा रातो गलैचामा हिडनुको साथै तस्विरहरु कैद गरियो ।

निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट चलचित्रहरू बिजयी हुनेहरुमा स्नो लियोपार्ड सिस्टर महोत्सवमा यस बर्षको उत्कृष्ट चलचित्र हुन सफल भएको छ । 

यसका निर्देशकहरूमा क्रमस बेन एयर्स, सोनम छोकी लामा, एन्ड्र्यू लिंच रहेका छन्।यसैगरि द विटनेस ट्रि बिजयी भएको छ भने यसका निर्देशक: निरञ्जन राज भट्वाल हुन्। 

यस्तै द लास्ट वाइल्ड हर्ड डिफेन्डिग एलोस्टोन बफेलो बिजयी घोषित भएको छ भने यसका निर्देशकहरू: आयास जोशी, आना कोनर्स रहेका छन्।

अर्का बिजयी चलचित्र देवी भएको छ भने यस्का निर्देशक सुविना श्रेष्ठ हुन् । त्यस्तै क्ले बर्ड चलचित्र बिजयी बन्न सफल भएको छ भने यस्का निर्देशक किरण भक्त जोशी हुन्।

उद्घाटनमा रेड कार्पेट ( रातो गलैचा ) सहित मिन बहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’ फिल्म प्रदर्शन भएको थियो। 

चलचित्र प्रदर्शन पछि  निर्देशक मिन बहादुर भाम र निर्माता मिङ्ग्शो लिम्बुले प्रश्न उत्तर छलफल गरेका थिए। 

नेपालका नवीन सुब्बा अमेरिकाबाट आलेन वु, रिबेका बुसामंते, निना स्ट्रीक र डारा पड्वो अडिकले पुरस्कार घोषणा गरेका थिए। 

महोत्सवका अध्यक्ष पूर्ण सिंह बराइलीले सम्पूर्ण सहभागी, कलाकार तथा दर्शकहरूप्रति आभार प्रकट गरेका छन्।

प्रतिक्रिया