दुबईमा नवलपुरेवासीहरुले १०औं स्थापना दिवससंगै धान दिवस मनायो

–लालबहादुर ढेंगा, दुबई, युएई २०८२ असार १७ गते १:३७ मा प्रकाशित

दुबई । गएको २९ जुन २०२५ आईतबारका दिन दुबईस्थित अस्टोरिया होटलको क्लब एभरेष्ट हलमा नवलपुर सेवा समाज युएईले आफ्नो १०औं स्थापना दिवससंगै राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । उक्त धान दिवस नेपाली परिकारका सेलरोटी, अचार, दही र चिउराको स्वादसंगै स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिमा भएको हो ।

हलको स्टेजमा ६ जना धर्म गुरुहरुको भिडभाडसंगै भजन कृर्तन टोलीको चपलपहल भई रहेको अवस्था देखिन्थ्यो । किन कि मैले स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रमको निम्तो पाएको थिए । केहि समयको लागि म आफै अलमलमा परे, कहि अन्तै धार्मिक कार्यक्रममा मेरो प्रवेश त भएन भनेर । तर, कुरा बुझ्दै जादा कार्यक्रम सुरु गर्नका लागि तयारी भईरहेको जानकारी भयो । कुनै पनि कामको सुरुवाट गर्दामा भगवानप्रतिको अटुट आस्था र प्रथाना आवश्यक पर्दछ । जस्मा नवलपुर सेवा समाज युएईले धर्म गुरुहरुको स्वस्ति वचन र सनातन गौं संक्षरण अभियान युएईको भजन कृर्तनका साथ कार्यक्रम सम्पन्न गरेको छ ।

खासगरी असार १५ लाई किसानहरुको महत्वपूर्ण दिन मानिन्छ । हाम्रो कृषि प्रधान देशमा खाद्यध्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदै सरकारले यस दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने प्रचलनमा ल्याएको हो । कृषि क्षेत्रसंग सम्वन्धित संघ संस्थाहरुले यस दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर धान दिवस रोपाई महोत्सव मनाउने गर्दछन् । देशभरी धान रोपाई गराउनका साथै हिलो खेली रमाईलो गर्ने गर्दछ । रोपाईमा धेरै खेतालाहरुको आवश्यकता पर्ने भएकाले पालै पालो मिलेर रोपाई गर्नाले एक आपसमा भाईचारा र सत्भावको विकास भएको पाईन्छ । धानको बिरुवा उखल्नेदेखि रोप्ने काममा प्राय महिलाहरु नै संग्लन हुन्छ भने खेत हिल्याउने र आली खन्नमा पुरुषहरुको नै जिम्मा रहन्छ । हिलोमा रमाउंदै धान रोप्नुको जति महत्व छ । त्यहि दिनलाई छोपेर दही र चिउरा खानमा पनि उतिनै महत्व भेटिन्छ । तर, प्रवासको भूमिमा हिलोमा खेल्न र धान रोप्न नपाएता पनि शुभकामना आदानप्रदान गरेका छन् ।

समाजले स्थापनाकालदेखि नवलपुरेवासीहरुलाई एकै शुत्रमा बाढेर अन्य क्रियाशिल विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएका छन् । कार्यक्रममा समाजलाई विभिन्न तहबाट सहयोग गरेका व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । अतिथिहरुदेखि लिएर दर्शकहरुलाई खाने पानीको व्यवस्थाका साथै सेलरोटी, अचार, दही र चिउरा वितरण गरिएको थियो । जस्ले सुनमा सुगन्ध थपिदिएको थियो । समग्र रुपमा कार्यक्रम एकदमै सव्य र भव्य भएको थियो ।

सांगीतिक माहौल तताउनका लागि जम्मा २३ जना स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतिहरु रहेका थिए । जस्मा सविता आले मगर, प्रजान पंगेनी, लिजा ढकाल, कल्पना सिग्देल, श्रेया पाण्डे, असिम्सा ढकाल, अर्जुन न्यौपाने, जिया कंडेल, नरेन सापकोटा, दिव्याकुमारी महतो, अभिमन्यु चौधरी, कौशिला महतो, देवराज थारु, हरि डुम्रे, एरिका भट्टराई, प्रेम सागर चपागाई, बिन्दु पाण्डे, होम रजाली मगर, कुल थापा मगर, आस्मान तामाङ , सितल थापा मगर, माया रजाली मगर र दिलु आलेको वेजोड प्रस्तुति रहेको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान रहर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुलीले गर्नु भएको थियो । प्रमुख अतिथि, सभाध्यक्ष र अतिथिहरुको संयुक्त रुपमा दीप प्रज्योलनका साथ कार्यक्रमको उद्घाटन भएको थियो । नेपाली र युएईको राष्ट्रिय गान लगत्तै प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिष्णु अधिकारीको शुभकामना मन्तव्य रहेको थियो । दुई चरणमा विभाजित कार्यक्रमलाई औपचारिक तथा सांस्कृतिक कार्यक्रम सोही समाजका महासचिव रामप्रसाद ढकालले संचालन गरेका थिए ।

–लालबहादुर ढेंगा, दुबई, युएई

प्रतिक्रिया