तमाम प्रकारका सम्भावनाले भरिपूर्ण मेरो देश जुन देशको नागरिक हुनमा आफुलाइ गर्व गर्थे,वीर बहादुर ,गौतम बुद्ध जन्मेको देश,सगरमाथाको देश,पशुपति नाथको देश अपार प्राकृतिक सम्पदा भएको देश को नागरिक मा आएको निरासाले गर्दा यो देश को भबिस्यकस्तो होला?बेलैमा ध्यान जानुपर्छ ।
राज्य को उपल्लो तहमा बस्नेहरूले बुद्धि पुर्याउनु पर्छ।जे गरेउ,गरिरहेको छौं मलाई लाग्छ ठिक गरेनौ र गरिरहेका छैनौ ।
आफ्नो घर परिवार र जन्मभुमि छोडेर बिदेशीन अपबाद बाहेक कसैलाई रहर हुन्न,सकेसम्म संघर्ष गर्छ।केही गरौ भन्ने उद्देश्यले अनेकौं प्रयास गर्छ।यसको लागि आफै परिवार र आफन्तको सहयोग खोज्छ ।
यति गर्दा पनि सकिएन सरकार लाई गुहार्छ । राज्य(सरकार ) नागरिकको अभिभावक हो।आफ्नो नागरिक को जिउ धनको सुरक्षा गर्नु उसको दायित्व र कर्तव्य पनि हुन जान्छ। लोक कल्याणकारी राज्य भनेकै यहि हो । के नेपाल मा गरिखाने वातावरण छ त?आज सबैको मुखमा झुण्डिनेगरेको सब्द छ युवा पलायन भए भए भए । किन भए?के कारण भए?कसरी भए? कहिँ कतै चर्चा हुनेगरेको छ ?कसैलाई चिन्ता र चासो छ?।गाउँ त खाली छन् ,घर रित्तै छन् ,छन् त बुढाबुढी र केटाकेटी मात्रै छन् ।
युवा कहाँ गए?योग्यता ,क्षमता अनुसार ,अस्ट्रेलिया ,युरोप ,अमेरिका ,खाडीमा । रक्ष क नै भक्षक भए पछि कसको के लाग्छ र!आज नेपाल देश संस्थागत भ्रस्टाचार गर्ने देशमा परिणत हुदैछ ।
सहज रूपमा हुनेकाम मा पनि ढिलासुस्ती ,कमिशन र घुस खोरी ले हैरानी छ।ठेकेदार ले ठेक्का लिन्छ ,काम गर्छ भुक्तानी पाउदैन दोषी ठेकेदार ? ब्यापारीले ब्यापार गर्छ नाफा भन्दा बढी कर तिर्नुपर्ने ?उद्योगिले उद्योग खोल्न या कम्पनी खोल्न खोज्यो भने कागजात तयार गर्न वा प्रक्रिया पूरा गर्नैमा हैरानी हुन्छ ।
सबै– सबैले प्रक्रिया पूरा गर्नै सक्दैन। गरि हाले पनि तमाम किसिमका कर को हैरानी ! जनताले २वटा कुखुरा र १ खसी पाले पनि कर तिर्नुपर्ने ?किन ? केको लागि ?भ्रस्टाचार र कमिशन को लागि? हैन ए सरकार जनताको संरक्षकत्व गर्ने दायित्व कसको हो?तिम्रो काम केहो?जनता हरेक ठाउँमा ठगीएको छन् ।
पहुँच छैन, घुस दिएन भने सामान्य काम पनि हुदैन । न्याय निसाफ मा बोलवाला र घुस ?बलियो ले जे गर्दा पनि हुने,निर्दो र कमजोर मान्छेको को हो ?कसलाई भन्ने हो ?
दैनिक ज्यालादारी गर्ने ले ज्याला पाउदैन,किसान ले बस्तु उत्पादन गर्छ,बजार पाउदैन बजार पाए भाउ पाउदैन।
किसान लाई अनुदान दिनको सट्टा कर र जरिवाना लिन्छ । ए सरकार तिमिले बत्ती दिन्छौ पैसा लिन्छौ,पानी दिन्छौ,पैसा लिन्छौ,शिक्षा र स्वास्थ्य को शुल्क को कुरा गरेर साध्यै छैन।अनि तिमि जनता बाट कर किन लिन्छौ? तिम्रो काम लिने मात्रै हो? यसरी कतिदिन धान्छौ।चिया पसले देखि होटेल रेस्टुरेन्ट सम्म,खुद्रा पसल देखि थोक बिक्रेता सम्म आज सबै डुब्दैछ्न।
अब योजनाको ठेक्का खोलियो भन्ने बिट गर्ने ठेकेदार पाउन गाह्रो छ। काम गर्ने श्रमिक छैनन् ,खेतमा काम गर्ने खेताला पाइदैनन। पढाउने शिक्षक पाइदैनन।नर्स र डाक्टर पलाएन भए ,हुदैछन ।
सरकारी कर्मचारी ,सेना प्रहरी जो ईमानदार छन् ती जागीर छोडेर बिदेशीदैछ्न यसको हिसाबकिताब गरेको छौकी नाइँ ?नागरिक बिनाको सरकार हुन्छ?नागरिकको माग केहो नागरिक के चाहन्छ?
यो कुरामा ध्यानाकषिर्त हुन्छ त तिम्रो? स्वइच्छाचारिता कति दिन चल्छ? कृषि प्रधान देश भन्ने खाद्यान्न ,फलफूल देखि दाल तरकारी जम्मै आयात गरेर ल्याउने? रेमिटेन्स र वैदेशिक ऋण लिएर कति दिन हो रजाइ?जनताको प्रतिनिधि राजा हुन खोज्ने,! कर्मचारी साशक बन्न खोज्ने जसले जहाँ जसरी हुन्छ लुट्ने लोकतन्त्र मा यस्तो त अति नै हैन र ? पेशा व्यावसाय गर्ने कोहि पनि खुशी र सन्तोष छैनन् सबै ल सरकार लाई धिक्कारी रहेकोे छन् ।
निरास छन् कयौं ले आत्महत्या गरे ,गर्दैछन् ।धेरै ले देश छोडे बाकी ठाउँ खोजिरहेका छन् ।भन्दै छन् सरकार गरि खान दिन्छस कि !देश छोडौ? पीडा र आक्रोश मा जनता छन् ।जनताको पीडा मा मलम पट्टी लगाएर आक्रोश कम गर्न कार्यक्रम र योजना ल्याउनु अहिले को मुख्य कार्य हो।अन्यथा न रहे बास न बजे बासुरी ,हुने वाला छ।
लेखक : राजनीतिक बिष्लेषक एवं सिक्षासंग सम्बन्धीत हुन ।
प्रतिक्रिया