अमेरिकाको इन्डियाना राज्यमा रेलको बाटो छेक्ने द्वार छलेर पसेको गाडीलाई ठक्कर दिँदा पाँचको मृत्यु

इनेप्लिज २०८२ असार १२ गते ११:१६ मा प्रकाशित

इन्डियानाको ग्यारीस्थित राजमार्ग र युटा मार्ग नजिकै एक खतरनाक रेल दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। प्रहरी अधिकारीहरूका अनुसा चालकले रेलमार्गमा रहेको द्वारछलेर अगाडि बढ्न खोज्दा गाडीलाई रेलले ठक्कर दिएको थियो।

एबीसी न्युजको शिकागो डब्ल्यूएलएसका अनुसार एक प्रत्यक्षदर्शीले साउथ शोर रेल आउँदै गर्दा द्वार मार्गमा ठक्कर दिंदा गाडी तल झरेको प्रहरीलाई बताए । तर गाडीका चालकले रेललाई ‘जित्ने’ प्रयासमा द्वारको वरिपरिबाट गाडी लैजान खोजे।

डब्ल्यूएलएसका अनुसार, दुर्घटनामा रेलमा पनि क्षति पुगेको देखिन्छ। इन्डियाना राज्यको साउथ शोर रेल सेवा अस्थायी रूपमा निलम्बन गरिएको थियो, तर बिहीबार बिहानदेखि सेवा पुनः सुरु भएको डब्ल्यूएलएसले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको नाम भने अधिकारीहरूले अझै सार्वजनिक गरेका छैनन् । घटनाबारे अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया