अमेरिका राष्ट्रपतिडोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु माथि इजरायलमा चलिरहेको मुद्दालाई “राजनीतिक प्रतिशोधमा आधारित डरलाग्दो षड्यन्त्र” भन्दै कडा आपत्ति जनाएका छन्। ट्रम्पले सार्वजनिक रूपमा एक विज्ञप्ति जारी गर्दै नेतन्याहुलाई “इतिहासकै महान लडाकु प्रधानमन्त्री” भन्दै समर्थन गरेका छन्।
ट्रम्पले भने, “इजरायलको अस्तित्वका लागि ईरानजस्तो खतरनाक शत्रुलाई सामना गर्दै हामीले सँगै नर्कजस्तो युद्ध लड्यौं । त्यो बेला नेतन्याहुजस्तो बलियो, तेज र समर्पित नेता नहुँदो हो त, इजरायलले ठूलो क्षति बेहोर्नु पर्ने थियो।”
ट्रम्पले नेतन्याहुको बलियो नेतृत्वका कारण सम्भावित ठूलो आणविक खतरा समयमै समाप्त भएको दाबी गरे । “यो न्याय होइन, यो त राजनीतिक सिकार हो। नेतन्याहुजस्तो महान नायक, जसले देशको लागि ज्यान जोखिममा राखे, आज अदालतको कठघरामा छन्,” ट्रम्पले भने, “यो मुद्दा तुरुन्त खारेज गरिनुपर्छ, वा राष्ट्रपतिको क्षमादान दिनुपर्छ।”
ट्रम्पले नेतन्याहुलाई “अमेरिकासँग सबभन्दा राम्रो तालमेल मिलाउने इजरायली नेता” भनेका छन्। “अमेरिकाले इजरायललाई बचाएको हो, अब अमेरिकाले नेतन्याहुलाई पनि बचाउनेछ,” उनले कडा शब्दमा भने ।
प्रतिक्रिया