व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्छ- प्रदेश प्रमुख परशुराम खापुङ

इनेप्लिज २०८२ असार ११ गते २१:५२ मा प्रकाशित

प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताउनुभएको छ ।

धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको अनुगमन एवं अवलोकनका क्रममा प्रदेश प्रमुखज्यूले बताउनुभएको हो । उहाँले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन सकिने सम्भावना रहेको धारणा राख्नुभएको थियो ।

प्रदेश प्रमुखज्यूले कफीको ब्राण्डिङ र लक्षित प्रचारप्रसारमार्फत अन्तरराष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने उल्लेख गर्नुहुँदै किसानसँग सहकार्य गरी स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदेबाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको थियो ।

केन्द्रका निर्देशक अन्जना राईले युवाहरु उद्यमतर्फ आकर्षित गराउन कृषि उद्यम केन्द्र खडा गरेको बताउनु भयो । उद्यमतर्फ लाग्न तालिम प्रदान गर्नका साथै कृषि पेशा बाट नै देश समृद्ध बनाउन सम्भावना रहेको पनि बताउनुभयो ।

त्यसैगरी वडा नं. २० का पूर्ववडाध्यक्ष मणिराम राईले आफ्नो कार्यकालमा यस क्षेत्रमा उद्यम केन्द्रको स्थापना भएको बताउनुहुँदै गाउँमा धेरै कृषकहरु लाभान्वित भएको बताउनुभएको थियो । त्यसैगरी वर्तमान वडाध्यक्ष पदम लिम्बूले कृषितर्फ तीनै तहको सरकार उदासिन रहेको बताउनुभएको थियो ।

कार्यक्रम केन्द्रका अध्यक्ष बलजीत राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया