अमेरिकी आक्रमणपछि इरानका विदेशमन्त्री मस्कोमा: पुटिनसँग महत्त्वपूर्ण परामर्श

इनेप्लिज २०८२ असार ८ गते २०:५२ मा प्रकाशित

अमेरिकी आक्रमणपछि इरानका विदेशमन्त्री अब्बास अराक्ची रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग परामर्श गर्न आइतबार मस्को पुगेका छन्। इरानको अर्ध-सरकारी समाचार संस्था फार्स न्यूज एजेन्सी(निकाय)ले जनाएअनुसार यो भ्रमण महत्त्वपूर्ण परमाणु स्थलहरूमा भएका अमेरिकी हमलापछि भएको हो।

यसअघि, रुसको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको “कडा निन्दा” गर्दै त्यसलाई “गैरजिम्मेवारपूर्ण निर्णय” र “अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन” भनेको थियो, यद्यपि मस्को आफैंले युक्रेनमा चलिरहेको युद्धमा बारम्बार अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै आएको छ। रुसले युक्रेनमा सन् २०२२ देखि निरन्तर आक्रमण गरि रहेको छ ।

“हामी आक्रामकता अन्त्य गर्न र स्थितिलाई राजनीतिक तथा कूटनीतिक मार्गमा फर्काउनका लागि प्रयास बढाउन आह्वान गर्दछौं,” मन्त्रालयले भन्यो। अमेरिकी आक्रमणले “खतरनाक तनावको नयाँ चरण सुरु भएको छ,” जसले यस क्षेत्रको सुरक्षालाई “थप कमजोर” बनाउने जोखिम छ, बिज्ञप्तिमा भनिएको छ ।

रुस र इरानबीचको सम्बन्ध अझै गहिरो हुँदै गएको छ। जनवरीमा दुई देशले “व्यापक साझेदारी सम्झौता” मा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया