इरानको आणविक कार्यक्रम अमेरिकी हमलाद्वारा निर्मूल ,ट्रम्पको नेतृत्वको प्रशंसा: रक्षा सचिव हेगसेथको दाबी

इनेप्लिज २०८२ असार ८ गते १२:३३ मा प्रकाशित

अमेरिकी रक्षा सचिव पीट हेगसेथले इरानमा भएको अमेरिकी हमलाको बारेमा पत्रकारहरूलाई जानकारी गराउँदै भने “हामीले इरानको आणविक कार्यक्रमलाई ध्वस्त पारेका छौं” र इरानको आणविक कार्यक्रम “निर्मूल” भएको छ।

हेगसेथले यस सैन्य हमलालाई “साहसी र शानदार” भनेका छन्। उनले अगाडी भने जब अमेरिकी राष्ट्रपतिले बोल्नुहुन्छ, तब संसारले सुन्नुपर्छ।

आज जुन २२ आइतबारका दिन बिहानै इरानका प्रमुख आणविक केन्द्रहरूमा आक्रमण भएपछि शीर्ष अमेरिकी अधिकारीहरू पेन्टागनमा पत्रकार सम्मेलन गरिरहेका छन्।

रक्षा सचिव पीट हेगसेथ र सशस्त्र बलका सयुक्त अध्यक्ष जनरल ड्यान केनले अमेरिकी कारवाहीबारे पत्रकारहरूलाई जानकारी दिइरहेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ती स्थलहरू “पूर्ण रूपमा ध्वस्त पारिएको” दाबी गरेका छन् । ह्वाइट हाउसबाट दिएको सम्बोधनमा इरानले शान्ति नगरेमा अमेरिकाले थप हमला गर्ने चेतावनी दिएका छन्।

शनिबार इरानविरुद्धको अमेरिकी सैन्य कारबाही, जसलाई “अपरेशन मिडनाइट ह्यामर” नाम दिइएको थियो । जसमा १२५ भन्दा बढी विमानहरू संलग्न थिए र यसमा बमवर्षक विमानहरूलाई प्रशान्त महासागरमा “लोभ्याउने” गरी तैनाथ गर्ने एउटा गुप्त रणनीति पनि समावेश थियो।

सशस्त्र बलका संयुक्त प्रमुख(जोइन्ट चिफ्स अफ स्टाफ)का अध्यक्ष जनरल ड्यान केनले आइतबार पत्रकारहरूलाई यो जानकारी दिएका हुन्।

यो अभूतपूर्व कारबाहीमा सातवटा स्टेल्थ बी-२ बमवर्षक विमानहरू सहभागी थिए।

केनका अनुसार, यी बमवर्षकहरूले इरानका दुई आणविक केन्द्रहरू, फोर्डो र नतान्जमा एक दर्जनभन्दा बढी ३०,००० पाउन्डका बमहरू खसालेका थिए। इस्फाहानमा भने टमाहक क्षेप्यास्त्र हरू प्रहार गरिएका थिए।

कुल मिलाएर बी-२बमबर्षक बिमानहरू, इन्धन भर्ने बिमानहरू, जासुसी विमानहरू र लडाकु बिमानरूसहित १२५ भन्दा बढी विमानहरू यस कारबाहीमा संलग्न थिए।

केनले बताएअनुसार बमवर्षकहरूले साँझ ६:४० बजे बाट फोर्डो, नतान्ज र इस्फाहानमा आक्रमण सुरु गरेका थिए । साँझ ७ बजेसम्ममा इरानी हवाई क्षेत्रबाट बाहिर निस्किसकेका थिए।

मिजौरी स्थित एक सैनिक आधारबाट उडान भरेको यो लक्ष्य सेप्टेम्बर ११ को आक्रमणपछिको सबैभन्दा लामो बी-२ लक्ष्य थियो, केनले भने।

प्रतिक्रिया