विश्व संगीत दिवसको अवसरमा प्रताप दास र गीता पाण्डको स्वरमा यो मन’ सार्वजनिक

इनेप्लिज २०८२ असार ७ गते १०:१२ मा प्रकाशित

प्रताप दास र गीता पाण्डेको नयाँ गीत ‘यो मन’ मा रोजेन र स्मृतिको रोमान्स ( भिडियो सहित)

७ आषाढ, काठमाडौँ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत,कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । कर्णप्रिय प्रेमिल युगल गीत विश्व संगीत दिवसको अवसर पारेर यो मनगीत सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका गीता पाण्डेको सुमधुर आवाजमा रहेको बिल्कुलै नयाँ गीत यो मन को म्युजिक भिडियो सार्वजनीक भएको छ ।

मायाप्रेम भाव प्रकट गर्ने गीतमा वरिष्ठ गीतकार प्रमोद ढुङ्गानाको शब्द रचना अनि मनोज चौलागाईको संगीत साथै संगीत संयोजन साथै प्रकाश मिश्रको मिक्सिङ रहेको छ यस गीतको म्युजिक भिडियोमा रोजेन सुन्दास र स्मृति श्रेष्ठले स्क्रिन सेयर गरेका छन् । युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

नितीन चन्द यस गीतको म्युजिक भिडियो निर्देशन हुन् । यस गीतको म्युजिक भिडियोलाई अभय चौधरीले छाँयाङकन अनि सहायक निर्देशन चिरन्जिबी पौडेलले र लक्ष्मी शाहीले सम्पादन

गरेका छन । यस भिडियोलाई गीता पाण्डे युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया