अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी सैन्य आक्रमण गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय आउँदो दुई हप्ताभित्र लिने बताएका छन्।
यो जानकारी बिहीवार ह्वाइट हाउसको नियमित्र पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पको छापा सचिव कैरोलिन लेभिटले दिएको एक वक्तव्यमार्फत सार्वजनिक गरिएको हो।
राष्ट्रपति ट्रम्पको भनाई अनुसार, हाल इरानसँग वार्ता हुने सम्भावना उल्लेखनीय रहेकोले उनले तत्काल निर्णय नगरी कूटनीतिक पहललाई समय दिन चाहेका छन्।
ट्रम्पको वक्तव्यमा उल्लेख छ,इरानसँग वार्ता हुन सक्ने सम्भावना महत्वपूर्ण छ, तर यो सम्भावना साकार हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन। हामा अगाडी बढने या नबढने बारे त्यसैले म आउँदो दुई हप्ताभित्र निर्णय लिनेछु।”
यो वक्तव्य यस्तो समय आएको हो जब अमेरिका र इरानबीच तनाव उच्च बिन्दुमा छ, र मध्यपूर्वमा अवस्थाहरू थप संवेदनशील बन्दै गइरहेका छन्।
राष्ट्रपति ट्रम्पले सैन्य कारबाहीभन्दा पहिले वार्ताको मार्ग खुला राख्न चाहेको जनाएका छन्।
प्रतिक्रिया