इरानको आक्रमणमा परेका इजरायली सोरोका अस्पतालको घटनास्थलबाट बोल्दै इजरायली रक्षा मन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीलीई कडा चेतावनी दिएका छन्।
काट्जले भने: खामेनी जस्तो तानाशाह अब रहन सक्दैन।”उनले यो भनाइ बेर्शेभास्थित सोरोका अस्पतालमा इरानको आक्रमणपछिको निरीक्षणका क्रममा दिएका हुन्।काट्जका अनुसार इजरायलको युद्धको उद्देश्य स्पष्ट छ,परमाणु, विनाश र मिसाइलखतरालाई हटाउने” उनले भने।यस लक्ष्यमा पुग्नका लागि इजरायली रक्षा बललाई निर्देशन दिइएको छ, र त्यस सन्दर्भमा यो व्यक्ति(खामेनी)अब रहनु हुँदैन भन्ने कुरा स्पष्ट छ।”
यो अभिव्यक्तिले इजरायल र इरानबीचको तनाव झनै चर्किएको संकेत दिन्छ । एकातिर इरानले इजरायली सैन्य केन्द्रमा आक्रमणको जिम्मा लिएको छ भने अर्कातिर इजरायलले इरानी नेतृत्व नै हटाउने चेतावनी दिन थालेको छ।
प्रतिक्रिया