कविता प्रतियोगितासम्बन्धी नियम

इनेप्लिज २०८२ असार ३ गते २१:१८ मा प्रकाशित

१) कविता बढीमा २०० शब्दसम्मको स्वीकार गरिनेछ ।
(२) कविताले व्यक्तिगत मानमर्यादा, कुनै राष्ट्रको स्वाभिमानमा आँच आउने सन्देश नबोकेको हुनुपर्नेछ ।
(३) कुनै पनि विषयमा कविता पठाउन सकिने यो प्रतियोगितामा संसारभरिबाट सहभागिता जनाउन सकिनेछ ।
(४) अनेसास, डेनमार्कका पदाधिकारीहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
(५) एक स्रष्टाबाट एक मात्र कविता स्वीकार गरिनेछ ।
(५) कविता ष्लकिमभलmबचप२नmबष्।िअयm मा आइपुग्नुपर्ने मिति १० जुलाई २०२५ रहेको छ ।
(६) कविताको नजिता अगष्ट १०, २०२५ मा गरिने छ ।
(७) विजयी ३ कवि कवयित्रीहरुलाई पुस्तक, आकर्षक पुरस्कार र प्रमाण पत्र प्रदान गरिनेछ ।
(८) कविता पठाउँदा आफ्नो सम्पर्क टेलिफोन नं. र पूरा ठेगाना पठाउन प्रेरित गरिन्छ । तस्विर भने स्वइच्छामा भर पर्नेछ ।
(९) गद्य एवं पद्य कविताहरुलाई समान अंकमा निर्णायकमण्डलले मूल्यांकन गर्नुहुनेछ ।

प्रतिक्रिया