इरानको सशस्त्र बलका प्रमुखले इजरायलका नागरिकहरूलाई कडा चेतावनी दिएका छन् ।
विशेषतः हैफा र तेल अभिभका बासिन्दालाई तत्काल शहर खाली गर्न आग्रह गरिएको छ। उनले छिट्टै “प्रतिशोधी कारबाही” हुने बताएका छन्।
इरानी राज्य सञ्चालित सॅचार मांध्यममा सार्वजनिक गरिएको श्रव्यदृश्यमाप्रमुख अब्दोलरहीम मौसावीले भने, “अहिलेसम्म भएका कारबाहीहरू केवल चेतावनी थिए। वास्तविक प्रतिशोधी कारवाही छिट्टै हुनेछ।”
उनले थपे, “हाम्रा सेनापति, वैज्ञानिक र नागरिकको सहादतले हाम्रो सैन्य शक्तिलाई अझ कठोर र प्रतिबद्ध बनाएको छ।” यो भनाइ गत साता इजरायलले इरानमाथि गराएको आक्रमणमा मारिएका नेताहरू र वैज्ञानिकप्रति संकेत थियो।
यसैबीच, इरानको राजधानी तेहरानको पश्चिमी भागमा “लगातार र तीव्र विस्फोटहरू” सुन्निएको इरानी समाचार संस्था आइआरएनएले जनाएको छ। यो खबर इजरायली रक्षा मन्त्री इजरायल काट्जले तेहरानका “महत्वपूर्ण लक्ष्यहरू” माथि आक्रमण गर्ने घोषणा गरेपछि आएको हो।
मध्यपूर्वको यो तनावले क्षेत्रीय युद्धको जोखिम बढाएको छ।
प्रतिक्रिया