क्यानाडा, जुन १६ — राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र ईरानबीचको तनाव कम गर्न जी७ राष्ट्रहरूले तयार पारेको साझा वक्तव्यमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन्।
क्यानाडाको जी ७ को शिखर सम्मेलनमा भाग लिन गएका ट्रम्पले यो कदम चालेको जानकारी सिएनएनले विश्वस्त स्रोत भन्दै समाचार सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको मस्यौदामा इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गरिएको छ र ईरानलाई आणविक हतियार बनाउन नदिने स्पष्ट सन्देश दिइएको छ। यो दस्तावेज मुख्यतः युरोपेली नेताहरूको पहलमा तयार पारिएको हो।
तर राष्ट्रपति ट्रम्पले उक्त वक्तव्यमा हस्ताक्षर नगर्ने निर्णय गर्दै स्पष्ट सन्देश दिएका छन् ।
अमेरिका अब आफ्नै रणनीति अनुसार अघि बढ्नेछ। ट्रम्प प्रशासनका एक अधिकारीले भने, “राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा अमेरिका फेरि विश्वमा शान्ति स्थापना गर्न नेतृत्व दिइरहेको छ। ईरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नदिने अमेरिकाको अडान यथावत छ।”
शिखर सम्मेलन सुरु हुनु अघिनै यस्तो असहमतिको संकेतले अमेरिका र अन्य औद्योगिक राष्ट्रहरूबीचको विभाजन स्पष्ट पारेको छ।
प्रतिक्रिया