मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको साधारण सभाले बिक्रमशर्माको अध्यक्षतामा तेश्रो कार्य समिति चयन

इनेप्लिज २०८२ असार २ गते १०:१६ मा प्रकाशित

१४ जुन, ट्रुगानिना, मेलबर्न: मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको साधारण सभाले बिक्रमशर्माको अध्यक्षतामा तेश्रो कार्य समिति चयन गरेको छ । कार्य समितिमा प्रकाश तिमिल्सिना बरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, बिबेक लुइंटेल सचिब, दीपा आचार्य कोषाध्यक्ष छन भने सदस्यहरुमा दीपेन्द्र खड्का, कुमार तामाङ्, राजेश जैसवाल, तिलक सापाकोटा, अनिल केसी र जीवन बिस्ट रहेका छन ।

साधारण सभा मार्फत संस्थाको संविधान परिमार्जन गरिएको छ ।

कार्यक्रममा कोषाध्यक्ष तिलक सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भनेसह-सचिव प्रकाश तिमिल्सिनाले गत वर्षभरिका गतिविधिहरूको प्रतिवेदन प्रस्तुतगर्नुका साथै कार्यक्रमको सञ्चालन गरेका थिए ।

नयाँ कार्य समितिको पहिलो बैठकले प्रकृया पुरा गरी २१ जनाको कार्य समिति बनाउने जिम्मा साधारण सभाले नयाँ कार्य समितिलाई दिएको छ ।

बिशेष गरी निबर्तमान अध्यक्ष मनिषा अर्यालको कार्यकालमा संस्थाले धेरै अस्ट्रेलियननेताहरुको समेत सहभागितामा नेपालीहरुको उल्लेखनिय उपस्थितिका साथउत्साहबर्धक कार्यक्रमहरु गरेर उल्लेखनिय आर्थिक सन्चय समेत गरी नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्दैछ ।

यो त्यही संस्था हो जस्ले आयोजना गरेको फागु पूर्णिमामा गैर आवासीय नेपाली संघअन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष शेष घले, अस्ट्रेलियाको संघिय सांसदउम्मेदवार मिरा डि सिल्भा, विन्डेमभेल काउन्सिलकी मेयर मिया शा तथा कार्यक्रममाउपस्थित अन्य अतिथिहरु नेपाली गीतमा छमछमी नाचेका थिए ।

साधारण सभामा निर्बाचन प्रयोजनका लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानकाविस्व संयोजक रामकुमार श्रेष्ठ र अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्षडा तिलक पोखरेलको निर्बाचन समिति बनेको थियो र सोही समितिले आबस्यकप्रकृया पुरा गरी नयाँ कार्य समितिको घोषणा गरेको थियो ।

नाचको भिडियो

प्रतिक्रिया