पहिलो चीत्कार

इनेप्लिज २०८२ असार १ गते ११:१६ मा प्रकाशित

खगेन्द्र आचार्य

यो धर्तीको सान्सारिक रङ्ग मन्चमा,
कसैको पेटबाट झर्दा झर्दै,
कुनै पनि बालकजो कण्ठबाट आउने,
पहिलो चीत्कार हो आमा ।

समाजका अनेकौ दुख कष्ट सहदै,
यो रङ्गमन्चमा भिज्न पखेटा फिजाउदा,
प्रतेक सास फेर्दा आउने,
पहिलो आवाज हो आमा ।

यो ससारमा पस्नु भन्दा पहिला,
यो रङ्गिन दुनियामा खेल्नु पहिला,
संघर्स गर्दा बगेका पसिना देखेर,
कुनै बालकलाई माया गर्ने,
एउटा मात्र दिल हो आमा ,

बालकलाइ आमा भनेर बोल्न,
कसैले शिकाउनु पर्दैन ।
जन्मिदै जुडेको सम्बन्धको लागि,
कुनै परीक्षा हुदैन।
कसैके परीक्षा लिन सक्दैन।

न कसैलाइ जित्नुनै पर्छ ।
न कसैसग हार्नु नै पर्छ।
न यो कुनै प्रतियोगिता हो।
न उत्रिण अनुत्तीर्ण हुने परीक्षा हो
बालक र आमाको जन्मसिद्ध अधिकार हो।

आमा र बालक बिचको माया,
दुई आत्माको मिलन हो।
एउटा बिश्वासको धरातल हो।
बिर्सिन गारो पर्ने र ,
सम्झेर दिल कहिले नभरिने।

तिम्रो माया तिम्रो प्रेम सबै चिज रहेछ।
यो धर्तीमा तिम्रो मुल्यांकन ,
कसैले गर्न सक्ने रहेनछ आमा।
हर समय तिमी आउने आश हुन्छ।
हरपल तिमिलाइ भेटने प्यास हुन्छ।

सबै जना छन मेरो वरिपरी ,
मात्र तिमी छैनौ वरिपरि ।
हिजो आज सधै उदाश हुन्छु।
आमा तिम्रो पेटबाट झर्दाको,
मेरो पहिलो चीत्कार सम्झिन खोज्छु।
चार थोपा आँसु तिम्रो तस्बिरमा झर्छ्न आमा ।

प्रतिक्रिया