क्यालिफोर्नियाका गभर्नरले दूरवाणी(फोन)नगरेको भने पछि राष्ट्रपति ट्रम्पद्वारा प्रमाण प्रस्तुत सहित कडा जवाफ

इनेप्लिज २०८२ जेठ २९ गते १०:४३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका डेमोक्रेटिक गभर्नर ग्याभिन न्युजमको दाबी माथि तीव्र प्रतिक्रिया दिएका छन् । न्युजमले ट्रम्पले आफूलाई दूरवाणी (फोन )नगरेको बताएका थिए।

ट्रम्पले गत शनिबार न्युजम सँग १६ मिनेट कुराकानी गरेको दाबी गर्दै दूरवाणी गरेको (फोन कल)को स्क्रिनसट अर्थात् तस्बिरपर्दा समेत सार्वजनिक गरेका छन् । “मैले उनलाई भने, ‘कठोर कदम चाल्नु !’ र दंगालाई रोक्नू भन्ने आदेश दिएँ,” ट्रम्पले फक्स न्यूजसँग भने। “उनी भन्छन् मैले दूरवाणी (फोन)गरिन् —यो प्रमाणित झूट हो।”

ट्रम्पले जुन ७ को बिहान १:२३ बजे सम्पर्क गरेको दूरवाणी (फोन कल)को प्रमाण प्रस्तुत गरेका छन्। ह्वाइट हाउस सञ्चार निर्देशक स्टीवन चेउङले पनि फक्स डिजिटललाई भने, “राष्ट्रपतिले न्युजमलाई दंगाहरू रोक्न आदेश दिएका थिए, तर उनले हिंस्रक दंगाहरुको पक्ष लिए।”

न्युसमले भने एक्स (एक्स) मा प्रकाशन गर्दै ट्रम्पले कुनै दूरवार्ता (फोन) नगरेको, न त ध्वनी सन्देश (भ्वाइसमेल) नै छोडेको बताएका थिए। उनका प्रवक्ताले भने, “राष्ट्रपतिले भनेको ‘एक दिन अगाडि’ भन्ने सन्दर्भमा गभर्नरले जवाफ दिएका हुन्। शनिबारको दूरवाणी गरेको स्वीकार गरिसकेका छन्।”

लस एञ्जलसमा संघीय आप्रवासन अधिकारीहरूले छापा हानेपछि प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । ट्रम्पले २,००० राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड )र सयौं नौसेना पठाएर स्थिति नियन्त्रणमा लिएको दाबी गरे।

“यदि मैले सैनिक नपठाएको भए, लस एञ्जलस आज खरानी भइसक्थ्यो,” ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेखेका छन् ।

बिस्तृत जानकारी लिन फक्सन्यूजमा थिच्नु होला : https://www.foxnews.com/politics/trump-brings-receipts-he-called-newsom-amid-la-riots-california-gov-claims-wasnt-even-voicemail

प्रतिक्रिया