अमेरिकाको भर्जिनियाको राज्यको मनासास पार्क शहरमा भएको दुःखद घटनाको सहयोगको लागि गो फन्ड मी सॅचालनमा ल्याईएको छ । एउटा पूरै नेपाली परिवारले यस संसारबाट बिदा लिएका छन्। पूरा नेपाली समाज स्तव्ध भएको छ ।
गत बिहीबार, जुन ६, २०२५ को साँझ सन्तोष परियार (३८), अन्जु श्रेष्ठ (३६), र उनीहरूका दुई प्यारा सन्तानहरु क्रमस ८ वर्षीया छोरी र २ वर्षीय छोरा आफ्नै भाडाको घरमा मृत फेला परेका थिए। उनिहरुको आर्थिक सहयोगको लागि एनआरएनए भर्जिनियाले गो फन्ड मी खाता खोली दिएको छ।
गो फन्ड गत जुन ९ सोमबारका दिन खोलिएको हो। गो फन्डको लक्ष्य ५० हजार डलर राखिएको छ भने ५ हजार डलर सॅकलन भै सकेको छ ।
साथै गो फन्डमा केही महत्वपूर्ण जानकारी समेत दिइएको छ।
नेपालको माटोबाट राम्रो भविष्यको सपना बोकेर भर्खरै यस भूमिमा पाइला टेकेको परियार-श्रेष्ठ परिवार शान्त स्वभावका, दयालु र एकअर्कालाई अगाध प्रेम गर्ने व्यक्तिका रूपमा चिनिन्थे, उल्लेख गरिएको छ । सॅभवत मानविय सॅवेदनाको कारण उनिहरुको नेपालको ठेगाना समेत जानकारीमा ल्याईएको छैन।
छिमेकीहरूले उनीहरूका निर्दोष बच्चाहरूलाई बाहिर खुसीसाथ खेलिरहेको, जीवनको उमङ्ग र हाँसोले भरिएका क्षणहरूलाई अझै पनि मन मष्तिष्क र हृदयमा सजाए राखेको गो फन्डमा उल्लेख गरिएको छ ।
यो अकल्पनीय वियोगले स्थानीय नेपाली समुदाय, उनीहरूको विस्तारित परिवार र उनीहरूलाई चिन्ने हरेक हृदयलाई स्तब्ध बनाएको छ।
यस दुःखद घडीमा, हामी सबै एकजुट भएर यी प्यारा परिवारका चारै सदस्यको अन्तिम संस्कार र श्रद्धाञ्जलीका लागि आवश्यक आर्थिक सहयोग जुटाउन अगाडि बढेका छौँ, गो फन्ड सूचनामा भनिएको र समूदायलाई अनुरोध गरिएको छ ।
सन्तोष र अन्जु दुवैका परिवारका सदस्यहरू हाल नेपालमा भएको र आफ्ना प्रियजनहरूको अन्तिम संस्कार तथा परम्परागत रीतिरिवाजहरू पूरा गर्नका लागि अमेरिका आउन प्रवेशाज्ञा(भिसा )प्राप्त गर्न प्रकिया अगाडी बढि रहेको बताईएको छ ।
मेरील्याण्डका नेपाली मूलकै सॅासद डा ह्यारी भन्डारीले यस्को प्रकिया अगाडी बढाएका छन्। मृतकका भाई पनि अमेरिकी सेनामा रहेकोले उनि यहा आई पुगेको र डा भन्डारीसॅग सम्पर्कमा रहेका छन्। पत्रकार गुणराज लुइटेल ,आशिष सॅग्रौला र मृतक परिवारका भाईले सॅासद डा भन्डारीलाई सबै कुरा जानकारी पछि प्रकिया अघि बढेको हो ।
झिकाउने प्रकिया प्रारम्भिक चरणमा रहेको छ भने नेपाली दूतावास यस घटना बारे जानकार रहेको र दूतावासले प्रवेशाज्ञाको लागि अहम भूमिका निर्वाह गर्ने छ ।
संकलित सम्पूर्ण सहयोग यस परिवारका चारै सदस्यको अन्त्येष्टि खर्च, साथै यस हृदयविदारक क्षतिसँग सम्बन्धित कानूनी प्रक्रिया, यात्रा र अन्य आवश्यक व्यवस्थापनका लागि सिधै प्रयोग गरिने जनाइएको छ ।
यो अत्यन्तै पीडादायी क्षणमा यस परिवारलाई आफ्नो विचार र प्रार्थनामा सधैँ सम्झनुभएकोमा एनआरएनए भर्जिनियाले आभार व्यक्त गरेको छ।
सहयोग गर्न यहाँ थिच्नु होला :
https://www.gofundme.com/f/8ycwd-support-for-the-pariyarshrestha-family/cl/s?lang=en_US&v=amp14_c
प्रतिक्रिया