मेलबर्न, ५ जुन : अस्ट्रेलियामा फोहोरको रुपमा फालिने बोत्तलहरु संकलन गरी त्यसबाट संकलित रकम नेपालको सामाजिक कामका लागि प्रयोग गरिने उद्धेस्यका साथ अस्ट्रेलियामा Recycle to Revive (R2R) नामबाट भास्कर रेग्मीको अध्यक्षतामा बिधिबत दर्ता गरी अगाडि बढेको छ । संस्थाको उपाध्यक्षमा प्रकाश लामिछाने, महासचिबमा डा एकिन्द्र तिमिल्सेना, कोषाध्यक्षमा रमेश खड्का छन भने सदस्यहरुमा मनोज खड्का, भिस्म पाठक र अनु कोइराला । संस्थाका सल्लाहकारद्धयमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार सामाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ र वरिष्ठ बैज्ञानिक एबं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक डा राजु अधिकारी छन ।
नेपाली वालवालिकाहरुलाई नेपाली भाषा सिकाउने अभिप्रायका साथ कृयाशिल बाल चौतारीले मेलबर्नस्थित वालबालिकाहरु बीच आयोजनागरेको हिज्जे प्रतियोगिता कार्यक्रममा संस्थालाई सार्बजनिका गर्दै वालबालिकाहरुलाई पनि वातावरण समस्याबारेमा जना चेतना जगाउँदै यो समस्या समाधानमा सहभागी गराएर नेपालामा गरिने सहयोगमा सहभागी गराउन बाल चौतारीसंग सहकार्य गरिने बताइएको थियो ।
संस्थाका उपाध्यक्षमा प्रकाश लामिछानेले २०१८ देखि फालिने बोत्तलहरु व्यक्तिगत रुपमा संकलन गरी त्यसबाट सं लित रकममा बागलुङ जिल्लाको बडिगाउँपालिकास्थित चन्डिस्थान प्राथमिक विद्यालयलाई १ लाख रुपयाँ सहयोगा गरी बाँकी रहेको ४७१९ अस्ट्रेलियन डलर यही संस्था मार्फत सामाजिक काममा उपायोगा गरिने जनाएका छन ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ र भास्कर रेग्मीले यो संस्था दर्ता गरिनु अगावै भिक्टोरियाका सांसदद्धय पौलिन रिचार्डस र लि टार्लामिससंगको भेटको क्रममा यो योजनाको अवधारणाबारेमा जानकारी गराउँदा वातावरणसम्बन्धी प्रश्न भिक्टोर या सरकारको प्राथमिकताको प्रश्न भएकोले कुनै न कुनै किसिमबाट सहकार्य गर्न सकिने बताएका थिए ।
संस्थाद्धारा आन्तरिक रुपमा अनलाईन मार्फत गरिएको मिटिङमा अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा बढ्दो विस्वब्यापी पर्यायवरण समस्या समाधानमा सम्भव भएसम्मका संस्था र निकायहरुसंग सहकार्य गरी पर्यायवरण समस्या न्यूनिकरण गर्दै यस महान कार्यबाट संकलित रकम अधिकाधिक रुपमा आफ्नै जन्मभूमि नेपालामा नै अति आबस्यकिय क्षेत्रमा उपयोग गर्दै यस्लाई माटोको ॠण चुक्ता गर्ने अबसरको अंशको रुपमा लिने प्रतिबद्धता जाहेर गरेको छ ।
संस्थाको साइटhttps://recycle2revive.org/
प्रतिक्रिया