अमेरिकी गृह सुरक्षा विभागको कठोर निर्णय: अमेरिकामा रहेका नेपालीहरूको टिपिएससुविधा २०२५ अगस्त ५ मा अन्त्य, स्वदेश फर्कन तयार रहन निर्देशन

इनेप्लिज २०८२ जेठ २३ गते १८:३७ मा प्रकाशित

अमेरिकी गृह सुरक्षा विभाग (डिएसएस) ले नेपालका लागि दिँदै आएको अस्थायी सुरक्षा स्थिति अन्त्य गर्ने अन्तिम निर्णय सार्वजनिक गरेको छ। 

बुधबार सार्वजनिक गरिएको सॅघिय दर्त सूचनामा उल्लेख गरिए अनुसार टिपिएसको मान्यता अब २०२५ अगस्त ५ को राति ११:५९ बजे औपचारिक रूपमा समाप्त हुनेछ।

गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमले अन्तरसंस्थागत परामर्श र नेपालका वर्तमान अवस्था मूल्याङ्कन गरेपछि नेपालमा अब टिपिएस प्रदान गर्नुपर्ने कानुनी आधार नरहेको निष्कर्षमा पुगेकी हुन्। 

डिएसएसको भनाईना नेपाल अब टिपिएस आवश्यक पर्ने अवस्था बाहिर निस्किएको छ।

यस निर्णयले हाल टिपिएस अन्तर्गत अमेरिका बसिरहेका हजारौं नेपालीहरूलाई स्वदेश फर्किन वा वैकल्पिक कानुनी बाटो खोज्न बाध्य पार्नेछ। 

डिएचएसले स्पष्ट रूपमा भनेको छ:“यदि तपाईं टिपिएस अन्तर्गत लाभान्वित हुनुहुन्छ र तपाईंलाई अमेरिकामा बस्न अन्य कुनै कानुनी आधार छैन भने नेपाल फर्किन तयार हुनुहोस्।

डिएचएसले अमेरिका छोड्न चाहनेहरूका लागि सिविपि वान नामक अनुप्रयोग(एप)प्रयोग गर्न सकिने जनाएको छ, जसबाट प्रस्थान प्रक्रिया सहज बनाउन सकिन्छ।

यो निर्णयसँगै टिपिएसअन्तर्गत बसिरहेका नेपाली आप्रवासीहरू गहिरो संकटमा परेका छन्, जसले रोजगारी, शिक्षा, जीवन र भविष्य सबैमा असर पार्न सक्छ। 

अहिलेको अवस्थामा, नेपाली समुदाय , विभिन्न सॅघसॅस्था र कानुनी सहयोग संस्थाहरूले वैकल्पिक समाधान र दबाब अभियान सुरु गरिरहेका छन्। 

प्रतिक्रिया