आइपिएल विजयोत्सवमा भारतीय रॅगशाला बाहिर भागदौड, कम्तीमा ११ जनाको मृत्यु

इनेप्लिज २०८२ जेठ २२ गते १८:४१ मा प्रकाशित
Screenshot

भारतको कर्नाटक राज्यको बेंगलुरुस्थित एम चिन्नास्वामी क्रिकेट रॅगशाला बाहिक भीषण भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। 

यो घटना बुधबार भारतीय प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको घरेलु टोलीको विजय उत्सवका क्रममा भएको हो।

कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाका अनुसार, “रॅगशालाको क्षमतामाथि धेरै भीड आउँछ भन्ने कसैले अपेक्षा गरेको थिएन। रॅगशालामा जम्मा ३५ हजार मानिस अटाउँछन् तर २ देखि ३ लाख मानिस जम्मा भएका थिए।”

घटना बुधबार बिहान रॅगशाला बाहिर भएको हो, जब हजारौं समर्थक टोलीको जितको उत्सव मनाउन जम्मा भएका थिए। भारतको सबैभन्दा चर्चित ट्वेन्टी-२० क्रिकेट लिग मानिने आइपिएलमा विजय प्राप्त गरेपछि उक्त टोलीको समर्थनमा स्थानीय जनता ठूलो संख्यामा आएका थिए।

यस भीड व्यवस्थापनमा चुक हुँदा मानवीय क्षति भएको र घटनाको छानबिन हुने जनाइएको छ। घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

उक्त प्रतियोगिता बिराट कोलीको टोलीले १८ बर्ष पछि जीत हासिल गरेको थियो ।

प्रतिक्रिया