राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित कर कटौती विधेयकले आगामी दशकमा कर राजस्व ३.७५ ट्रिलियन डलरले घटाउने तर सङ्घीय घाटा २.४ ट्रिलियन डलरले बढाउने गैरपक्षपाती कॅग्रेसनल बजेट अफिस( सिविओ) ले बुधबार सार्वजनिक गरेको विश्लेषणमा उल्लेख गरिएको छ।
सिविओका अनुसार, यो विधेयकले सन २०३४ सम्म थप १०.९ मिलियन मानिसलाई स्वास्थ्य बीमाबाट बाहिर पुर्याउनेछ।
तीमध्ये १.४ मिलियन अवैध आप्रवासीहरू हुन्, जो हाल राज्य-आधारित कार्यक्रमहरूमार्फत सेवा लिँदै आएका छन्।
यस विधेयकले संघीय खर्चमा करिब १.३ ट्रिलियन डलर कटौती गर्ने अपेक्षा गरिएको छ।
यो विधेयक अहिले कांग्रेसमार्फत अघि बढिरहेको छ, र यसले अमेरिकी कर प्रणाली, खर्च, र स्वास्थ्य नीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया