राष्ट्रपति ट्रम्पले पुटिनसँग गरे दूरवार्ता ,युक्रेन आक्रमण र इरानको आणविक हतियारबारे गम्भीर छलफल

इनेप्लिज २०८२ जेठ २२ गते १६:५७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन( दूरवार्ता) गरेको सामाजिक सॅजालमा लेखेका छन् ।

उनले ट्रुथ सोसलमा यस्तो लेखेका छन्, मैले भर्खरै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरवार्ता मार्फत करिब एक घण्टा १५ मिनेटको वार्ता सम्पन्न गरें। हामीबीच युक्रेनद्वारा रुसमा  अडान गरिएर राखिएका विमानहरूमाथि भएको आक्रमण र दुबै पक्षबाट भइरहेका अन्य आक्रमणहरूबारे विस्तृत छलफल भयो।

यो राम्रो संवाद थियो, तर तुरुन्तै शान्तिको बाटो खोल्ने खालको थिएन। राष्ट्रपति पुटिनले तीव्र प्रतिक्रिया व्यक्त गर्दै हालैको   हवाई आक्रमणको जवाफ दिनैपर्ने बताएका छन्।

हामीले इरानबारे पनि छलफल गर्‍यौं — विशेषगरी इरानले आणविक हतियारको विषयमा चाँडो निर्णय गर्नुपर्ने अवस्था आएको कुरा उल्लेख भयो। मैले राष्ट्रपति पुटिनलाई स्पष्ट रूपमा भने इरानले आणविक हतियार पाउनु हुँदैन, र यसबारेमा हाम्रो धारणा एउटै देखियो।

पुटिनले इरानसँगको छलफलमा आफू पनि सहभागी हुने सुझाव दिए र सम्भवतः त्यो प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउन मद्दत गर्न सक्ने बताए।

प्रतिक्रिया