सिन्धुपाल्चोक सेवा समाज युएईको अध्यक्षमा सुवास न्यौपाने

लालबहादुर ढेंगा, दुबई, युएई २०८२ जेठ २१ गते २२:४९ मा प्रकाशित

दुबई । गएको १ जुन आईतबारका दिन दुबईस्थित पि एण्ड डि गाउंवेशी रेष्टुरेण्टको हलमा सिन्धुपाल्चोक सेवा समाज युएईले आफ्नो पांचौं अधिवेशन विविध सांगीतिक माहौलमा भव्य रुपले सम्पन्न गरेको छ । निवर्तमान अध्यक्ष दीपक रावतको दुई बर्षे कार्यकाल सकिएपछि नयां कार्यसमिति चयन गर्नका लागि सो अधिवेशन गरिएको हो ।

सन् २०१४ सालमा “हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सिन्धुवासीको पहिचान,, भन्ने मूल नाराका साथ विदुर न्यौपानेको अध्यक्षतामा स्थापना भएको समाजले अहिले ११ बर्षको कलिलो उमेरमा उभिएको पाईन्छ । दोस्रो र तेस्रो दुई कार्यकाल मनोज नेपालको हातमा परेपछि चौथों कार्यकालको जिम्मेवारी दीपक रावतको कांधमा आएको थियो । चौथों कार्यकाल सकिए लगत्तै पांचौं कार्यकाल फेरि न्यौपाने कै हातमा परेको छ । भन्नाले सुवास न्यौपानेको हातमा आएको छ । सायद यो समाजलाई न्यौपानेले फापेको जस्तो देखियो ।

कार्यक्रमलाई सांगीतिक माहौलमा ढाल्नका लागि युएईमा स्थापित कलाकारहरुलाई आमन्त्रण गरिएको थियो । जस्मा लोक गायिका निरुता गैरे र लोक गायक सरोज थापा मगरको उपस्थिति रहेको थियो । निरुता गैरे र सरोज थापाको प्रस्तुतिले दर्शकहरुका साथ अतिथिहरु समेत नाच्न बाध्ये तुल्याएको थियो ।

उक्त अधिवेशनले २०२५र२०२७ कार्यकालका लागि सुवास न्यौपानेको अध्यक्षतामा २२ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । जस्मा नामावली यस प्रकार रहेका छन् । क्रमशः अध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा कल्पना केसी र सुनिल तामाङ, कोषाध्यक्षमा सविना तामाङ, सह–कोषाध्यक्षमा सम्झना गुरुङ, महासचिवमा विश्व भुजेल, सचिवमा प्रदीप दाहाल, सह– सचिवमा जमुना तामाङ, रहेका छन् । त्यसैगरी सदस्यहरुमा सम्झना तामाङ, छिरिङ थोकर, लालचन्द्र नेपाल, सुजिना गोले, मिरा सिवाकोटी, प्रकृति स्याबो, गोमा खड्का, सन्जमाया तामाङ, देवेन्द्र नेपाल, शर्मिला कार्की, बसन्त तामाङ, अनिता तामाङ र सुकमाया तामाङलाई चयन गरेको छ ।

कार्यक्रमको थालनी दीप प्रज्योलनको लगत्तै नेपाली राष्ट्रिय गानबाट भएको थियो । प्रमुख अतिथिको आसनमा दुबईका लागि पर्यटन प्रवद्र्धक नेपाल सरकारबाट मनोज नेपाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष दीपक रावतले गरेको थियो । सरोज न्यौपानेको शुभकामना मन्तव्यसंगै कार्यक्रमको संचालन कुशल उद्घोषक तथा सल्लाहकार जे सागरले गरेको थियो ।

लालबहादुर ढेंगा, दुबई, युएई

प्रतिक्रिया