हरिहर! जय सिया राम!
प्रिय धर्मप्रेमी, बौद्धिक, पत्रकार, संचारकर्मी, र नेपाली समुदायका सम्पूर्ण सदस्यहरू,
हामीलाई अत्यन्त हर्षका साथ सूचित गर्न चाहन्छौं कि हामीले अमेरिकाको भूमिमा जनकपुरधाम राम जानकी मन्दिर निर्माण गर्ने पवित्र लक्ष्य लिएको छौं। यो मन्दिर नेपाली धार्मिक र सांस्कृतिक केन्द्र को रुपमा विकास हुनेछ, जसले जनकपुरधामको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक गाथालाई विश्वसामु प्रवर्द्धन गर्नेछ।
हिजोको दिन (जानकी नवमी) – भगवान श्रीरामकी अर्धाङ्गिनी माता सीताको पावन जन्मोत्सवको दिन – हाम्रो लागि अत्यन्त शुभ र फलदायी रह्यो। यही पवित्र दिन, मैले नेपालका सुविख्यात धर्मोपदेशक र समाजसेवी पण्डित दीनबन्धु पोखरेलज्यूसँग भेट गरें। पण्डितज्यूले नेपालभरि सयौं विद्यालय, अस्पताल, अनाथालय लगायतका परियोजनाहरूका लागि भगवत महापुराण प्रवचन मार्फत अर्बौं रुपैयाँ संकलन गर्नुभएको छ।
हामीले उहाँसँग अनुरोध गर्यौं कि यो सपना परियोजना – जनकपुरधाम मन्दिर अमेरिकामा निर्माणका लागि मार्गदर्शन र सहयोग दिनुहोस्। पण्डितज्यूले सहर्ष सहमति जनाउँदै आगामी २०२५ को जुन-जुलाई महिनामा वाशिङ्टन डीसी मेट्रो क्षेत्रमा “श्रीमद्भागवत सप्ताह महापुराण कथा” सञ्चालन गर्न तयार हुनु भएको छ।
यो पहिलो ठोस पाइला हुनेछ हाम्रो परियोजनाको निर्माण यात्रामा। अब हामीलाई तपाईंहरूको साथ, सहयोग र समर्थनको आवश्यकता छ।
हामी विशेष अनुरोध गर्दछौं:
• बेरोजगार युवाहरूलाई यो परियोजनाको माध्यमबाट आशा र अवसरको खोज दिनुहोस्।
• सम्पूर्ण धार्मिक, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी र जनसमुदायलाई अनुरोध छ – कृपया यस महान् कार्यमा आफ्नो भूमिका निर्वाह गर्नुहोस्।
• तपाईंको अमूल्य सुझाब, श्रमदान, आर्थिक योगदान र प्रचारप्रसारका माध्यमबाट सहयोग गर्नुहोस्।
जनकपुरधाम अमेरिका मा बनोस् – हामी सबैको गर्व र संस्कृति जगेर्ना गर्ने धरोहर।
आजको सहयोग, भोलिको इतिहास बन्नेछ।
जय सिया राम!
शुभकामनासहित,
मोहन यादव
जनकपुरधाम अमेरिका परियोजना टोली तर्फबाट।
प्रतिक्रिया