जर्जियामा किशोरीलाई पक्राउ गराउने प्रहरीद्वारा राजिनामा, अवैध रूपमा थुनिएकी विद्यार्थी धरौटीमा रिहा

इनेप्लिज २०८२ जेठ १२ गते १:१२ मा प्रकाशित

अमेरिकाको जर्जियामा १९ वर्षीया अवैध आप्रवासी विद्यार्थी जिमेना एरियास क्रिस्टोबललाई गल्तीको आरोपमा थुनाएर आप्रवासन अधिकारी(आइसिइ)लाई जिम्मा लगाउने प्रहरी अधिकारीले राजीनामा दिएका छन्। 

डल्टन शहरका प्रवक्ताले सीबीएस न्यूजलाई शनिबार उक्त जानकारी दिएका हुन्।

डल्टन प्रहरी प्रवक्ता ब्रुस फ्रेज़रले प्रहरीको राजीनामाबारे कुनै विवरण नदिए पनि उनले अधिकारीले गल्तीले एरियास क्रिस्टोबलको गाडीलाई रोकिएको पुष्टि गरे। ५ मे मा प्रहरीले उनलाई गलत मोड लिएको र अनुमति चालक प्रमाण पत्र(लाइसेन्स )विना गाडी चलाएको आरोपमा व्हिटफिल्ड काउन्टी कारागार पठाएको थियो। त्यहींबाट आइसिउले उनलाई हिरासतमा लिएको हो।

तर श्रव्यदृश्य( भिडियो ) समीक्षा गर्दा गल्तीले उनले चलाएको माल वाहक गाडी( ट्रक) जस्तै देखिने अर्को गाडीले गल्ती गरेको खुलेपछि १२ मे मा उनको  मुद्दा खारेज गरियो।

पक्राउबेलामा अधिकारीले क्रिस्टोबललाई “तपाईं कहिल्यै कारागार गएकी हुनुहुन्छ?” भन्दै तर्साएको देखिन्छ। उनले “मेरो अन्तिम परीक्षा आउँदैछ, मेरो परिवारको आशा ममाथि छ” भनेकी थिइन्।

क्रिस्टोबल सानो उमेरमै मेक्सिकोबाट अमेरिका आएकी थिइन् ।

मे २२ मा अध्यागमव न्यायाधीशले धरौटीमा रिहा गरेपछि ईइसिइहिरासतबाट निस्किन सफल भइन्। 

उनका पिता पनि अप्रिलमा आइसिइद्वारा पक्राउ परेका थिए र हालै बेलामा रिहा भएका छन्।

तर उनीहरू दुबै अझै निर्वासनको प्रक्रियामै रहेको अमेरिकी गृह सुरक्षा विभागले बताएको छ। 

प्रतिक्रिया