मे, २१, २०२५
कोलोराडो, अमेरीका
कोलोराडो निवासी नेपालीभाषीहरुले नेपालीको भाषा संस्कृती पहिचाहन गराउन “नेपाल डे परेड” आयोजना गर्ने भएका छन् ।
कोलोराडोमा नेपाली भाषी समुदाय बिच सकृय रक्कि माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” आयोजना गरिएको रक्कि माउन्टेन फ्रेन्डस अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
यही जुन १ तरिक आईतबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर लगाएतका बिभिन्न अतिथीहरुको उपस्थिती रहने बगालेले बताएका छन् ।
यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचान गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आ—आफ्नो संस्कृती झल्कने भेष भुषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी संघ संस्थाहरुलाई संभव भएसम्म ब्यानर सहित उपस्थित भईदिनुहुन समेत अनुरोध गरिएको छ ।
कोलोराडो स्थित सबै संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन रक्कि माउन्टेन फ्रेन्डस अफ नेपालका महासचिव तेजप्रसाद ढकालले अनुरोध गरेका छन् ।
परेड कार्यक्रम हरेक बर्ष भौगोलीक स्थितीले काठमाण्डौं उपत्यका संग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ । केहीबर्ष अगाडी देखी अमेरिकाको बिभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ । कोलोराडोको परेड भने यहां स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००४ देखि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचानको लागी हरेक बर्ष नेपालीहरुको “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो ।
अमेरीकामा रहेका पचास स्टेट मद्ये कोलोराडो यस्तो किसिमको कार्यक्रकम गर्ने पहिलो स्टेट हो । नेपालीहरुका दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको थियो ।
गतबर्ष सम्म अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नयाबर्षको अवशर पारेर गरिदै आएको नेपाल डे परेड यसबर्ष जुन १ तारिक गर्न लागिएको हो । त्यस्तै सधै नेपाल परेडकोलागी जम्माहुने स्थान समेत यस बर्ष अन्य प्रयोजनकोलागी कसैले बुक गरिसकेको हुनाले यस बर्ष बोल्डर लाइवेरीमा भेलाभइ शहर परिक्रमा गर्ने योजना रहेको महासचिव ढकालले बताएका छन् ।
पत्रकार/लेखक
प्रतिक्रिया