दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको तनावपूर्ण भेटपछि “गहिरो संवाद” भएको बताएका छन्। बुधबार ओभल अफिस(कार्यालय)मा भेटको सुरुवातमै ट्रम्पले दक्षिण अफ्रिकामा गोरा नागरिकहरूमाथि अत्याचार भइरहेको आरोप लगाए, जसलाई रामाफोसाले कडा रूपमा अस्वीकार गरे।
“हामीले व्यापार र लगानीका विषयमा पनि गहन छलफल गर्यौ,” रामाफोसाले भने, यद्यपि भेटमा दुई जना दक्षिण अफ्रिकी व्यावसायिक गल्फ खेलाडीहरूको उपस्थितिका कारण गल्फ पनि चर्चा भयो।
रामाफोसा नेतृत्वको प्रतिनिधिमण्डलले ट्रम्पको आरोपप्रति विरोध गर्दै वार्तालाई अमेरिका–दक्षिण अफ्रिका व्यापार सम्बन्धतर्फ फर्काउन प्रयास गर्यो। पछि रामाफोसाले पत्रकारहरूसँग भने, “हामीले अमेरिकी लगानीको महत्त्वमा जोड दियौं। हाम्रो चिन्ता भनेको ट्रम्पले आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेका त छैनन् भन्ने थियो । “
उनले भने, “म सन्तुष्ट छु कि हामीले निरन्तर संवाद गर्न सहमति जनाएका छौं। यो भेटको मुख्य उद्देश्य नै अमेरिका–दक्षिण अफ्रिका सम्बन्धलाई पुनः सन्तुलनमा ल्याउनु थियो।”
रामाफोसाले स्पष्ट पारे, “दक्षिण अफ्रिकामा कुनै पनि जातीय संहार (जेनोसाइड ) भइरहेको छैन। अपराधहरू छन्, तर मारिनेहरू प्रायः अस्वेत नागरिकहरू हुन्, गोरा मात्र होइनन्।”
भेटपछिको पत्रकार सम्मेलनमा ट्रम्पले “ह्वाइट जिनोसाइड” अर्थात् स्वेत जातीय संहार जस्ता षड्यन्त्रकारी सिद्धान्तहरू दोहोर्याए। तर रामाफोसाले त्यस्ता दावीहरूलाई अस्वीकार गर्दै भने, “हो, उहाँले मेरो कुरा सुन्नुभयो।”
यसैबीच, दक्षिण अफ्रिकी नेता जुलियस मालेमाले ट्रम्पले उनलाई गोरालाई मार भन्ने श्रब्यदृश्य (भिडियो )देखाएकोमा व्यङ्ग्य गर्दै भने, “वाशिङ्टनमा बुढा नेताहरू बसेर मेरो बारेमा गफ गरिरहेका छन्।”
दक्षिण अफ्रिकाका कृषि मन्त्री स्टेनहुइसेनले मालेमालाई अतिवादी भन्दै आलोचना गरे }। उनको दललाई सत्ता बाहिर राख्न सत्तारूढ एएनसीसँग गठबन्धन गरिएको बताए।
प्रतिक्रिया