बुधबार व्हाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच विवाद उत्पन्न भयो ।
उनीहरू बीच दक्षिण अफ्रिकामा श्वेत जनसंहार भइरहेको विषयमा बिवाद भएको हो ।
ओभल अफिस( कार्यलय)मा पत्रकारहरूसँगको संवादको क्रममा राष्ट्रपति ट्रम्पले “हजारौं बिवरक्षहरु र वृतचित्र” भएको दाबी गर्दै आफ्नो टोलीलाई बत्ती निभाउन आदेश दिए र श्वेत दक्षिण अफ्रिकी किसानहरूमाथिको हिंसाबारे एक भिडियो ( श्रव्यदृश्य देखाए। उनले देखिएका दृश्यहरूलाई “हत्या गरिएका श्वेत किसानहरूको समाधि” भएको बताए।
रामाफोसाले ती श्रव्यदृश्यहरि आफूले पहिले कहिल्यै नदेखेको बताउँदै, ती दृश्यहरू सरकारको आधिकारिक नीति नभएको प्रष्ट पारे। उनले भने, “हामी यस्तो भाषा र सोचको कडा विरोध गर्छौं।”
ट्रम्पले भने, “हामीसँग मरेका श्वेत मानिसहरू छन्, अधिकांश किसानहरू।”
बैठकमा दक्षिण अफ्रिकामा जन्मिएका अरबपति इलन मस्क पनि सहभागी थिए। ट्रम्पले भने, “इलनको आग्रहमा नै ५९ जना श्वेत अफ्रिकीहलयरुलाई शरणार्थीको रूपमा अमेरिका ल्याइएको हो।”
रामाफोसाले भने, “हामी अमेरिका–दक्षिण अफ्रिका सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका हौं।”
उनले ट्रम्पलाई आधिकारिक निम्तो दिए र जी७ को नोभेम्वरमा हुने बैठकमा आमन्त्रण गरे ।
प्रतिक्रिया