अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्सस्थित ओर्लेन्स पारिश झ्यालखाना न्यायबाट फरार भएका १० जना कैदीमध्ये ३ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले बाँकी ७ जनाको व्यापक खोजी जारी राखेको छ छ। अधिकारीहरूले यो योजनाबद्ध कारागार तोड्नेमा कारागारकै कर्मचारीको संलग्नता रहेको प्रारम्भिक संकेत पाएका छन्।
गत शुक्रबार बिहान ८:३० बजे सामान्य उपस्थित गणनाका क्रममा कैदीहरू फरार भएको खुलासा भयो। ओर्लेन्स पारिशकी शेरिफ सुसान हट्सनले यो ‘गम्भीर र अस्वीकार्य स्थिति’ भएको बताउँदै तीन जना कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिइन्।
कैदीहरूले शौचालय पछाडिको भित्तामा ठूलो प्वाल पारेर भागेका थिए। राति १२:२२ बजे सीसीटीभी फुटेज( चित्रग्राहिणी श्रब्यदृश्य )मा केही कैदीहरूले कोठाको ढोका खोल्दै गरेका देखिन्छन् र १:०१ बजे तिनीहरू लोडिङ डक अर्थात् सामान ओसारपसार हुने गेद्वारबाट बाहिर निस्किएको देखिन्छ। १:१९ बजे तिनीहरू कम्बलको सहाराले बार चढ्दै गरेका थिए।
शेरिफ कार्यालयका अनुसार भागेका कैदीहरूको लुगा पनि फ्यालिएको अवस्थामा फेला परेको छ। भाग्ने समयमा एउटा कर्मचारी खाना लिन गएको र फर्कदा कैदीहरू पहिले नै भागिसकेको जानकारी दिए ।
जेलको भित्तामा हामी निर्दोस छौ र एकदमै सजिलो रहेछ, हाँसो उठ्छ जस्ता वाक्यहरू लेखिएको भेटिएको छ। अधिकारीहरूले भाग्न प्रयोग गरिएका औजारहरूको अनुसन्धान गरिरहेको बताइएको छ।
फरार मध्ये कम्तीमा चार जनालाई हत्या वा हत्या प्रयासमा आरोप लागेको छ भने अन्यमाथि हतियारसहितको डकैती, अपहरण, आक्रमण र लागूऔषध सम्बन्धी अभियोग छन्।
शुक्रबार रातिसम्म तीन जना कैदीहरू पक्राउ परेका छन्। सबैभन्दा पछिल्लो पक्राउ पर्नेमा २४ बर्षिय ड्केनान डेनिसलाई राति १० बजेपछि पक्राउ गरिएको हो। अर्का कैदी केन्डल माइल्सलाई सवारी साधन मुनि लुकेको अवस्थामा पक्राउ गरिएको थियो ।
शेरिफ हट्सनले भित्रकै व्यक्तिहरूको सहयोगमा भाग्ने योजना बनेको पुष्टि गरेकी छिन्। अनुसन्धान जारी छ।
प्रतिक्रिया