ट्रम्पको आक्रोश: “अपराधीलाई निष्कासन गर्न नपाउनु अमेरिकाको लागि खतरा”

इनेप्लिज २०८२ जेठ ३ गते २३:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा “अपराधीलाई निष्कासन गर्न नपाउनु अमेरिकाको लागि खतरा” भनि आक्रोश पोखेका छन् ।

अमेरिकाको सर्वोच्च अदालतले हालैको निर्णयमा ज्यानमारा, लागूऔषध तस्कर, गिरोहका सदस्यहरू र मानसिक रूपमा अस्थिर व्यक्तिहरू जो अवैध रूपमा अमेरिकामा प्रवेश गरेका छन् तिनीहरूलाई लामो, झन्झटिलो र महँगो कानुनी प्रक्रिया बिना देशबाट निष्कासन गर्न नपाइने ठहर गरेको छ।

ट्रम्पले प्रतिक्रिया दिँदै लेखेका छन्, “यस प्रकारको प्रक्रिया एक व्यक्तिका लागि पनि वर्षौं लाग्न सक्छ, र अदालतभित्र पस्नुअघि नै उनीहरूले धेरै अपराध गर्न सक्छन्।”

ट्रम्पले चेतावनी दिदै भने यस निर्णयको परिणामस्वरूप अझ धेरै अपराधीहरू देशभित्र पसेर अमेरिकी जनतामा ठूलो क्षति पुर्‍याउनेछन्। उनले थपे, “यसले अन्य अपराधीहरूलाई पनि गैरकानुनी रूपमा अमेरिकामा पस्न प्रेरित गर्नेछ, जुन जहाँ पुगे पनि विनाश र अराजकता ल्याउनेछ।”

साथै, उनले पूर्व राष्ट्रपति जो बाइडेनमाथि आरोप लगाउँदै भने, “स्लीपी जोले लाखौं आपराधिक विदेशीलाई बिना कुनै प्रक्रिया देशभित्र छिर्न दिए, तर उनीहरूलाई देशबाट निकाल्न चाहिँ लामो कानुनी प्रक्रिया चाहिन्छ।”

ट्रम्पले अन्त्यमा लेखे, “धन्यवाद न्यायाधीश अलिटो र ठोमसलाई, जसले हाम्रो देश जोगाउन प्रयास गर्नुभयो। तर आजको दिन अमेरिका लागि एक खतरनाक र दुःखद दिन हो!”

प्रतिक्रिया