हमासको प्रचारमा संलग्न भन्दै पक्राउ परेका भारतीय नागरिक जर्जटाउनका अनुसन्धानकर्ता रिहा भएका छन् ।
एक संघीय न्यायाधीशले बुधबार अमेरिकी अध्यागमन अधिकारीहरूद्वारा पक्राउ परेका जर्जटाउन विश्वविद्यालयका विधा वारिधिका अनुसन्धानकर्ता बदर खान सुरीलाई रिहा गर्ने आदेश दिए पछि उनि रिहा भएका हुन् । उनी मार्च महिनामा हमासको पक्षमा प्रचार गरेको आरोपमा पक्राउ परेका थिए।
भर्जिनियाको अदालतमा सुनुवाइका क्रममा संघीय न्यायाधीश प्याट्रिसिया टोलिभर गाइल्सले सुरीले गाजामा जारी युद्धबारे व्यक्त गरेको विचारका कारण दण्डित गरिएको भन्ने दाबीलाई सरकारी पक्षले खण्डन गर्न कुनै प्रमाण प्रस्तुत नगरेको भन्दै रिहा गर्न आदेश दिएकी थिइन् ।
भारतीय नागरिक सुरी, जो अमेरिकी नागरिकसँग विवाहबद्ध छन् जो विद्यार्थी प्रवेशाज्ञामा अमेरिका आएका थिए । टेक्ससस्थित एक संघीय हिरासतमा राखिएका थिए । अमेरिकी गृह बिभागका एक वरिष्ठ अधिकारीका अनुसार, उनीमाथि “सामाजिक संजाल मार्फत हमासको प्रचार र यहूदी विरोधी विचार फैलाएको” आरोप लगाइएको थियो।
अधिकारीका अनुसार, सुरीको सम्बन्ध हमासका वरिष्ठ सल्लाहकार रहेका एक ज्ञात वा शंकास्पद आतङ्ककारीसँग रहेको दाबी पनि गरिएको छ, यद्यपि ती आतङ्ककारीको नाम सार्वजनिक गरिएको छैन।
मार्च १५ मा विदेश मन्त्री मार्को रुबियोले सुरीको गतिविधि अमेरिकी परराष्ट्र नीति हितविरुद्ध भएको भन्दै अध्यागमन ऐन अन्तर्गत उनीलाई देशनिकाला योग्य ठहर गरेका थिए।
जर्जटाउन विश्वविद्यालयले सुरीलाई इराक र अफगानिस्तानमा शान्ति स्थापनासम्बन्धी अनुसन्धान गर्न अमेरिका बोलाइएको जनाएको छ।
प्रतिक्रिया