राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साउदी अरब भ्रमणका क्रममा अन्तरिम सिरियाली राष्ट्रपति अहमद अल-शराआसँग भेट गरेका छन्। उक्त बैठकमा साउदी युवराज मोहम्मद बिन सलमान पनि सहभागी थिए भने टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोगान दूरवार्ता (टेलिफोन)मार्फत जोडिएका थिए।
शराआ, जसले डिसेम्बरमा बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका थिए । ट्रम्पले “देशमा ऐतिहासिक परिवर्तन ल्याउने ठूलो अवसर” रहेको बताएका थिए। यो सन्देश अमेरिकी प्रतिबन्धहरू हटाइएपछि आएको हो।
राष्ट्रपति ट्रम्पले शराआलाई इजरायलसँग सम्बन्ध सामान्य बनाउन ‘अब्राहम सम्झौता’मार्फत पहल गर्न, सिरियाबाट विदेशी आतङ्ककारी र उत्तरपूर्वी सिरियाका इसिस बन्दी केन्द्रहरूको जिम्मेवारी लिन आग्रह गरे।
शराआले ईरानी सेना सिरिया छाड्नु ऐतिहासिक अवसर भएको बताएका थिए। उनले आतंकवादको विरुद्धमा अमेरिकी–सिरियाली साझा चासोलाई स्वीकार गरेका थिए । र ,रासायनिक हतियार निर्मूल गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।
शराआले सिरियालाई पूर्व–पश्चिम व्यापारको सेतु बनाउने आकांक्षा व्यक्त गरे । अमेरिकी प्रतिष्ठान (कम्पनी)हरूलाई सिरियाली तेल तथा ग्यास क्षेत्रमा लगानी गर्न आमन्त्रण पनि गरे।
बैठकमा रुस-युक्रेन युद्ध र गाजाको द्वन्द्वबारे पनि छलफल भएको ह्वाइट हाउसले जनाएको छ। व्हाइट हाउस छापा सचिव क्यारोलिन लेविटले ट्रम्प, शराआ र सलमानको संयुक्त तस्वीर एक्समा मा साझा गरेकी छन्।
प्रतिक्रिया